कञ्चनपुरमा सर्पकाे टाेकाइबाट महिलाकाे मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज २ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडाैँ – कञ्चनपुरमा सर्पकाे टाेकाइबाट एक महिलाको मृत्यु भएको छ। सर्पको टोकाइबाट बेल्डाडी गाउँपालिका-२ की ६५ वर्षीया कमलादेवी महर विष्टको आज(सोमबार) बिहान मृत्यु भएको हो।

घरमा सुतिरहेकी उनलाई राति सर्पले डसेको थियो। त्यसपछि उपचारका क्रममा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array