बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

माण्डवी न्युज
माण्डवी न्युज १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – बलात्कारको आरोपमा एक वडाध्यक्ष कारागार चलान भएका छन । उनि गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । कारागार चलान हुनेमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी रहेका छन ।

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो।

दुवैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। उनीहरुविरुद्ध जबर्वस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो। पीडित महिला परिवारकै संरक्षण रहेकी छन।

प्रतिक्रिया दिनुहोस्

Array