अटो र मोटरसाईकल ठोक्किदा एक जना गम्भिर घाइते

माण्डवी न्युज
माण्डवी न्युज २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – टरिगैंमा अटो र मोटरसाईकल ठोक्किदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ टरीगैं निवासी १८ वर्षका योगेश नेपाली रहेको तुलसीपुर प्रहरीले बताएको छ ।

घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

तुलसीपुरबाट टरिगैं तर्फ आउंदै गरेको रा १ ह ४४५६ नम्बरको अटो र तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प ३०६७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएका थिए । अटो चालक शिव खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array