मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – ललितपुरको महांकाल गाउँपालिका १ बुखेल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । उनीहरूकी ५ वर्षकी छोरी गम्भीर घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनी श्रीमती ३४ वर्षीय सृजना फुयाल रहेका ललितपुरका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

बुखेलबाट गोटीखेलतर्फ जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो । घाइते बालिकाको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array