नमुना उद्धार अभ्यासले विपद व्यवस्थापनमा सहयोग पुग्ने

माण्डवी न्युज
माण्डवी न्युज २२ असार २०८०, शुक्रबार
2 Min Read
Aa

प्यूठान । लुम्विनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तुल्सिराम शर्माले नमुना उद्धार अभ्यासले विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ ।
नेपाली सेना बर्दबहादुर गणले जिल्लाका विपद् व्यवस्थापनका सरोकारवाला निकायको सहयोगमा विजुवारको झिम्रुक नदि किनारमा शुक्रबार आयोजना गरेको नमुना उद्धार अभ्यास कार्यक्रममा मन्तव्य दिदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विपद्को बेला सेना तथा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहँुदैे बिपद् उद्धारमा सरकारले प्रयाप्त स्रोत साधनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिशीले सरोरकारवाला निकायको प्रभावकारी समन्वयले विपद् व्यवस्थापन थप सहज हुने बताउनुभयो ।


कार्यक्रममा लुम्विनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव लाल बहादुर कवारीले लुम्विनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा उद्धार सामाग्री उपलव्ध गराउने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष मदन कोइरालाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गणपति प्रमुख सेनानी रमेश थापाले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, जिल्लास्थित कार्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।
जिल्लास्थित नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटीले पनि उद्धार अभ्यासमा सहयोग पु¥याएका थिए । अवसरमा बाढिले बगाएको, बाढीले घेरेको र पहिरोले आवतजावत गर्न बाटो बन्द भएको बेला उद्धार गर्ने तरिकाबारे अभ्यास प्रदर्र्शन गरीएको थियो ।
यसैबीच यस अघि नेपाली सेनाको बर्दबहादुर गणले पुण्यखोला व्यारेक परिसरमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त बृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array