प्यूठान पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

माण्डवी न्युज
माण्डवी न्युज २२ असार २०८०, शुक्रबार
1 Min Read
Aa

प्यूठान जिल्लालाई यही असार २६ गते मंगलवार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहनुभएका धरमबहादुर जिशीको अध्यक्षतामा शुक्रवार   विजुवारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
२०७२ सालदेखि प्यूठान जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि वर्षेनी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिदै आएकाे छ।
यो वर्ष जिल्लामा ५ जना एउटा पनि खोप नलगएको १६ महिना नाघेका बालबालिका भेटिएका छन् । त्यस्तै खोप लगाउँदै गर्दा छुटेका १०३ जनाको खोजी गरी खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न भएपछि जिल्ला तहमा पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम आयोजना गर्न लागिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array