मातृ र बाल मृत्युदर घटाउन तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने

माण्डवी न्युज
माण्डवी न्युज २६ असार २०८०, मंगलवार
2 Min Read
Aa

प्यूठान । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृ र बाल मृत्युदर घटाउन तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।
प्यूठान जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा सभालाई आज जुम्रिमा उद्घाटन गर्नुहुँदै स्वास्थ्यमन्त्री खनालले मातृ र बाल मृत्युदर घटाउन योगदान पु¥याउँदै आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रदेश सरकारले प्रोत्साहनका कार्यक्रम समेत अगाडि बढाएको बताउनुभयो ।

घोषणा सभामा लुम्विनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, निमा गिरी र धनलक्ष्मी श्रेष्ठले पूर्णखोप सुनिश्चित कार्यक्रमले स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । उहाँहरुले पूर्ण खोपलाई दीगो बनाउन सरोकारवाला निकाय सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष धरमबहादुर जिशीको अध्यक्षतामा आयोजित उक्त घोषणा सभामा लामो समय योगदान पु्¥याए हालै सेवारत उमेर पार गरेका महिला स्वयमसेविका, आमा समूह, पालिकास्तरमा खोप सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।
खोप अधिकृत मधुसुदन खडकाले स्वागत मन्तव्य र काेल्डचेन निरीक्षक काैशलराज बैद्धले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले जिल्लाको पूर्ण खोप प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
घोषणा सभामा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, स्वास्थ्य सचिव डा. जनार्दन पन्थी प्यूठान नगरपालिकाका प्रमुख लगायतले घोषणा सभामा शुभकामना मन्तव्य दिएका थिए ।
प्यूठान जिल्लालाई २०७२ साल पौष १५ गते पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएपछि दीगोपना सुनिश्चित गर्नको लागि स्वास्थ्य कार्यालयले हरेक वर्ष पूर्ण खोप सेवा सुनिश्चित जिल्ला घोषणा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array