अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो ।

त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array