मुक्ति माविमा नाष्टको विज्ञान मेला आज समापन हुँदै

माण्डवी न्युज
माण्डवी न्युज २५ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

प्यूठान । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विद्यालयस्तरीय विज्ञान मेला आयोजना गरेको छ । यही जेठ २३ देखि २५ गतेसम्म मुक्ति मावि रातामाटामा प्रतियोगितात्मक विज्ञान मेला आयोजना भइरहेको छ ।
मेलामा १५ विद्यालयबाट ५ विद्यार्थी र १ शिक्षक गरी ६ जनाको सहभागिता भएको नाष्टका प्रवर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले जानकारी दिइन् । मेलामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफूहरूले निर्माण गरेका विज्ञान प्रविधिसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शन गरिएको बज्रले बताइन् ।
विद्यार्थीलाई स्थानीयस्तरमा आफ्नो प्रयासमा वैज्ञानिक सिद्धान्त र प्राविधिक उपयोगको व्याख्यासहित प्रदर्शनी नमुनाहरू तयार पारी प्रदर्शन तथा प्रोत्साहित गरिने मेलाको मुख्य उद्देश्य रहेको महाशाखा प्रमुख बज्रको भनाइ छ ।
मेलाको उद्घाटन अवसरमा मन्तव्य दिदै नास्टका सचिव डा रविन्द्रप्रसाद ढकालले नाष्टले सञ्चालन गर्दै आइरहेको गतिविधिबारे जानकारी गराए ।

प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले नाष्टले फोहोर मैला व्यवस्थापनमा सघाउ पु¥याउने प्रविधिमा सहयोग पु¥याउन नास्टलाई आग्रह गरे
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले विज्ञान मेलाले बालबालिकामा विज्ञानप्रति रुचि बढाउने विश्वास व्यक्त गरे ।
मेलामा शिक्षकहरूलाई उत्प्रेरित गर्नका लागि तालिम समेत सञ्चालन गरिएको छ । मेलामा प्राकृतिक सम्पदा तथा परम्परागत प्रविधि र जडीबुटी तथा पाठ्यक्रममा आधारित विषयवस्तु समेत समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array