सेनेटरी प्याड भेन्डिङ्ग मेसिन हस्तान्तरण

माण्डवी न्युज
माण्डवी न्युज १२ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

सेनेटरी प्याड भेन्डिङ्ग मेसिन हस्तान्तरण

प्यूठान । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले क्याम्पस, विद्यालय तथा सार्वजनिक स्थानमा भेण्डिङ्ग मेसिनको आवस्यक रहेको बताएकी छिन्
नेपाल विद्यार्थी संघ प्यूठानले स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलामा शुक्रवार आयोजना गरेको सेनेटरी प्याड भेण्डिङ्ग मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य गिरीले महिनावारी हुँदा विद्यार्थीहरुले भोग्नुपरेको पीडालाई कम गर्न मेशिनले सहयोग पुग्ने विश्वास व्यक्त गरिन्
‘महिनावारीेको बेला स्वास्थ्यमा हुने संक्रमणबाट जोगिन आधुनिक प्याड जरुरी छ । प्याड प्रयोग गर्न हामी सबैैले लाज र अप्ठेरो मान्नु हुँदैन । अध्ययनका बेला महिनावारी हुने छात्राले भोग्नुपर्ने समस्यालाई कम गर्ने छ ।’ सेनेटरी प्याडको महत्वबारे प्रकाश पार्दै प्रदेश सभा सदस्य गिरीले भनिन् ।
नेपाली कांग्रेस प्यूठानका सचिब एनपी मगरले सनेटरी प्याडको प्रयोगलाई आधुनिक प्रबिधिले थप सहज बनाउने विश्वास व्यक्त गरे ।

क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले क्याम्पसले भोगेको विभिन्न समस्या भागेको उल्लेख गर्दै मेशिनले छात्राहरुलाई महिनावारीको समयमा पर्ने समस्या कम गर्ने सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासं प्यूठानका अध्यक्ष सञ्जय रिजाल, नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुदन भण्डारी लगायतले मन्तव्य राख्दै क्याम्पस तथा बिद्यालयहरुमा सिपमुलक शिक्षा व्यवस्थापन र प्रबिधि मैत्री बनाउन जोड दिनु पर्ने बताएका छन् ।
बिद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत छात्राहरुलाई महिनावारीको समयमा प्याडको समस्या हुने गरेको छ । सेनटरी प्याडको सहज पहुँचको लागि भेन्डिङ्ग मेसिन उपयोगि हुने भएकाले नेपाल बिद्यार्थी संघ प्यूठानले सेनेटरी प्याड भेन्डिङ्ग मेसिन क्याम्पसलाई हस्तान्तरण गरेको नेविसंघ प्यूठानका अध्यक्ष कल्याणविक्रम केसीले बताए ।
जिल्लाका ५ वटै क्याम्पस र ६४ वटा माध्यमिक बिद्यालयहरुमा भेण्डिङ्ग हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष कल्याण बिक्रम केसीले जानकारी दिए । सेनेटरी प्याड भेन्डिङ्ग मेसिन हस्तान्तरण संगै त्यसको प्रयोग र उपयोगिताका बिषयमा पनि सो अवसरमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array