अफगानिस्तानको भूकम्पमा मृत्यु हुने १ हजार नाघे, १५ सय घाइते

माण्डवी न्युज
माण्डवी न्युज ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् । विकट पहाडी क्षेत्रमा भएको क्षतिको विवरण आउन अझै बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाँउमा पहिरो गएका र भत्किएका घरहरुको तस्वीर र दृष्यहरु आइरहेका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युटको भूकम्प गएको थियो ।

त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो पछिल्लो २ दशकमा अफगानिस्तानमा गएको खतरनाक भूकम्प हो । तालिवानले शासन गरिरहेको अफगानिस्तानमा खाद्य संकट छ । यो भूकम्पपछि थप संकटको खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array