स्वस्थ जीवनका लागि खेलकुद अनिवार्य – नगर प्रमुख चौधरी

माण्डवी न्युज
माण्डवी न्युज १० असार २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – लमहीमा रहेको व्याडमिन्टन कभर्ड हल उद्घाटन गरिएको छ । कभर्ड हलको लमही नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले गरेका हुन ।

उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेल मानिसको स्वस्थ जीवनका लागि निकै महत्त्वपूर्ण हुने बताए । हरेक मानिसले आफू स्वास्थ्य हुनलाई खेल अनिवार्य भएको बताए ।

सामाजिक विकासका लागि पनि खेलकुदको महत्त्वपूर्ण भुमिका हुने उनको भनाई छ । लमहीमा रहेको व्याडमिन्टन कभर्ड हलको स्तर वृद्धि र व्यवस्थापनमा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाए ।

लमही नगर विकास समितीका अध्यक्ष जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, देउखुरी डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्री, सशस्त्र प्रहरी अर्जुन खोलाका प्रमुख अरबिद्र श्रेष्ठ, देउखुरी व्याडमिन्टन कल्बका अध्यक्ष प्रदीप राना लगायतको उपस्थिति रहेको थियो ।

९७ लाखमा निर्माण कभर्ड हल सुविधा सम्पन्न रहेको छ । कभर्ड हलको टेन्डर प्रक्रियाबाट देउखुरी व्याडमिन्टन क्लबले संचालन गरिरहेको छ । दैनिक बिहान व्याडमिन्टन खेल हुन्छ भने साँझको समयमा बालबालिकालाई प्रशिक्षण दिने गरेको कल्बका सचिब कमलजंग सिंह ठकुरीले बताए ।

खेलाडी तथा वरिष्ठ कृषि बिज्ञ इन्द्रबहादुर ओलीले आफ्नो भनाई राखेका थिए ।

आज देखि लमहीमा व्याडमिन्टन मेयर कप प्रतियोगिता शुरु

आज देखि दोस्रो मेयर कप ओपन डबल्स व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्षले संयुक्त रुपमा खेल खेलेर उद्घाटन गरेका हुन । उक्त प्रतियोगितामा नगर भित्रका ४८ टिमका ९६ जना खेलाडीले भाग लिएका छन । भोलि समापन हुने गरि आजबाट शुरु भएको हो ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array