क्यानडा जाने क्रिकेट टोलीको बिदाइ

माण्डवी न्युज
माण्डवी न्युज १३ असार २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं – क्यानडामा हुन लागेको २ एक दिवसीय सिरिज खेल्न जान लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्याण्डको जस्तै रहेकाले यो भ्रमण लिग टूका लागि उपयोगी हुने बताए । उनले क्यानडामा टिम बलियो बनाएर स्कटल्याण्ड जाने बताए ।

‘स्कटल्याण्डमा हुने सबै खेलहरुमा राम्रो गरे लिग टूमा पनि माथि जाने अवसर हुनेछ’, उनले भने । क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिग टूमा स्कटल्याण्डमा चुनौतीका रुपमा रहेको भन्दै खेलाडीलाई राम्रो गर्न शुभकामना दिए ।

सदस्य सचिव टंकलाल घिसिङले क्रिकेटमा सिङ्गो देशको चासो रहेको बताए । उनले खेलाडीलाई शुभकामना दिँदै भने, ‘चार्मिङ गेम हो , क्रिकेट फ्यानले राम्रो खेलको अपेक्षा गरेका छन्, मलाई विश्वास छ, त्यो अपेक्षा पूरा हुने छ ।

’ नेपालले क्यानडामा २ वटा एकदिवसीय क्रिकेट खेल्ने नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा एक दिवसीय खेल्ने तालिका छ ।

नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल्न लागेको हो । क्यानडामा द्विपक्षीय शृङ्खला खेलेर नेपाली टोली उतैबाट स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग-टूका ४ खेल खेल्ने छ । पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array