लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड तयारी सम्बन्धि छलफल

माण्डवी न्युज
माण्डवी न्युज १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ ।

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७९ तयारी सम्बन्धी आज तुलसीपुरमा छलफल भएको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकास भट्टराईको अध्यक्षतामा भएको छलफल कार्यक्रममा यहि असार २४ देखि २६ गते सम्म दाङको बेलझुण्डीमा संचालन हुने प्रतियोगिताका अति महत्त्वपूर्ण पक्ष सुरक्षा, यातायात, आवास, भोजन, स्वास्थ्य लगाएतलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सम्बन्धित सरोकारवाला निकायसंग छलफल भएको दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पदमा चौधरीले जानकारी दिईन।

कार्यक्रममा बेलझुण्डीमा प्रदेश स्तरको प्रतियोगिता हुनु समग्र जिल्लाको सान र गौरवको विषय भएकाले यसलाई कसरी भब्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन सकिन्छ भन्नेमा आफूहरु गम्भिरतापुर्वक लाग्ने सम्बन्धित सबैले प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी, बिशिस्ट अतिथीद्वय लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्याय, जिल्ला समन्वय समिति दाङका सदस्य सरस्वती नेपाली, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, त्रीशिदेश्वरी यातायात राप्ती प्रालिका मदन वली, तुलसीपुर होटल व्यवसायी संघका सहसचिव दिलबहादुर भण्डारी लगाएतले आ-आफ्नो सुझाव सहितको धारणा राखेका थिए ।

लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिष वलीको स्वागत रहेको कार्यक्रमको संचालन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत मीनबहादुर जिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array