जिल्ला स्तरिय कराँते प्रतियोगिता हुने

माण्डवी न्युज
माण्डवी न्युज १८ असार २०७९, शनिबार
1 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ

देउखुरीको लालमटियामा जिल्ला स्तरिय खुला कराँते प्रतियोगिता २०७९ हुने भएको छ । नेपाल सितोरियो कराँते देउखुरी डोजोको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिता यहि असार २१ गते देखि सुरु हुनेछ ।

दुईदिन सम्म संचालन हुने प्रतियोगिताको कुमुते पुरुष तर्फ ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजि तौल समुह र कुमुते महिला तर्फ ३०, ३५, ४०, ४५, ५० र ५५ केजि तौल समुहमा कडा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला पुरुष एकल कातामा कडा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक यामबहादुर वाग्लेले जानकारी दिए ।

जिल्लाका दश पालिका भित्र स्थापित डोजोका खेलाडीहरुको सहभागिता रहने र प्रतियोगितामा प्रथम हुने डोजोलाई पुरस्कार स्वरुप शिल्ड, कुमुते र कातामा उत्कृष्ट हुने खेलाडीलाई ट्रफी तथा प्रथम, द्वितिय र तृतीय स्थान हात पार्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array