१२ औं राष्ट्रपति रनिङ शिल्ड जारी,गोरखा मावि तुलसीपुर शीर्ष स्थानमा

माण्डवी न्युज
माण्डवी न्युज १८ असार २०७९, शनिबार
1 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ
दाङको बेलझुण्डिमा जारी जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आज दोस्रो दिन गोरखा माध्यामिक विद्यालय तुलसीपुर शिर्ष स्थानमा रहेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद विकास समिति द्वारा संचालित प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ गोरखा मावि तुलसीपुर शिर्ष स्थान रहेको छ ।

त्यस्तै ग्रेट अरनिको मावि तुलसीपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितिय स्थानमा रहँदा ज्ञान ज्योती तुलसीपुर २ स्वर्ण १ रजत र २ कास्य पदकका साथ तृतिय स्थानमा रहेको छ भने जनता मावि गढवा २ स्वर्ण,१ रजत र १ कास्य पदकका साथ चौथो स्थानमा रहेको छ ।

छात्रा भलिबलको उपाधी मिडवयस्टलाई

उता छात्रा भलिबलको उपाधी मिडवयस्ट पोईन्ट एकाडेमी पश्चिम खैरेनिले जितेको छ ।

फाईनलमा सिद्ध पृथ्वी मावि श्रीगाउँलाई २५-२४ र २५-१६ को सोझो सेटमा पराजित गर्दै मिडवयस्टले उपाधी हात पारेको हो । प्रतियोगिता अन्तर्गत आईतवार छात्र भलिबल, छात्र/ छात्रा कबडी, तेक्वान्दो, कराँते र एथलेटिक्स तर्फ ४००,३००० १०० गुणे ४, ट्रीपल जम्प हुनेछ ।

यसैबिच आईतवार अपरान्ह ४ बजे पछि प्रतियोगिताको समापन समारोह गरिने आयोजक दाङ जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख पदमा चौधरीले जानकारी दिएकी छन ।

प्रतिक्रिया दिनुहोस्

Array