शुक्रबार देखि सुरु हुँदै प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड

माण्डवी न्युज
माण्डवी न्युज २३ असार २०७९, बिहीबार
2 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७९ शुक्रबार देखि दाङको बेल्झुण्डीमा सुरु हुदैछ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवं लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालन हुने प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसी सोनामले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्घाटन दिउँसो १ बजेका लागि तय गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले जानकारी दिए ।

तीन दिन सम्म चल्ने प्रतियोगिताको ऐथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच बेल्झुण्डी रंगशालामा कडा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै तेक्वान्दो, कराते छात्र/छात्रा तर्फको खेल मल्टिप्रपोज कवर्डहल तुलसिपुर र भलिबल, कबडि बेल्झुण्डिमै राख्ने तयारी भएको लुम्बिनी प्रदेश खेलकुद परिषद टेकबहादुर विकले जानकारी दिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेका ११ जिल्लाबाट प्रदेशका लागि छनोटमा परेका खेलाडी र अफियल गरि झण्डै १३ सय बढीको सहभागिता रहनेछ ।

यसैबिच प्रतियोगिता संचालनको जिम्मा पाएको प्रदेश खेलकुद परिषदले रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पारेको जानकारी दिएको छ ।

प्रदेशमा छ्नोटमा परेका खेलाडीले यहि असार २८ देखि ३० गते सम्म काठमाडौमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा भाग लिनेछ्न ।

प्रतिक्रिया दिनुहोस्

Array