भारतले गर्‍यो पिठो र आँटा निर्यातमा कडाइ

माण्डवी न्युज
माण्डवी न्युज २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ । २८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।

नयाँ नियम पछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ । गत ३० वैशाखमा गहुँको निर्यात रोकेसँगै भारतबाट पिठो र आँटाको निर्यात बढेको निष्कर्ष पछि यस्तो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

पिठो लगायतका वस्तु निर्यातको निर्णय बुधबार गरेको पनि समाचारहरुमा जनाइएको छ । विवरणहरु अनुसार अघिल्लो वर्ष अप्रिलमा २६ हजार टन पिठो निर्यात भएकामा गहुँ निर्यातमा रोक लगाएपछि यस्ता वस्तुको निर्यात एक महनामै ९६ हजार टन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array