खेलकुद राष्ट्रको शान र गौरव हो – मन्त्री श्रेष्ठ

माण्डवी न्युज
माण्डवी न्युज २५ असार २०७९, शनिबार
2 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ

१२ औ संघिय तथा प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७९ शुक्रबार देखि दाङको बेल्झुण्डीमा सुरु भएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवं लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिचाई मन्त्री अर्जुनकुमार श्रेष्ठले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रलाई चिनाउने एक मात्र दरिलो माध्यम खेलकुद भएको बताए ।

खेलकुद राष्ट्रको शान र गौरव हो विश्व माझ राष्ट्रलाई चिनाउने भनेको खेलकुद नै हो यसर्थ यसको उच्च आदर्शलाई आत्मसात गर्दै यसको विकासमा सबै जुट्नु पर्ने उनको भनाई छ ।

भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उपयुुक्त सबै प्रकारका खेल सुहाउँदो दाङमा प्रदेश स्तरको प्रतियोगिता हुनुले जिल्लाको खेल विकासमा थप टेवा पुर्‍याएको मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा लुम्बिनि प्रदेश खेलकुद परिषदका कोषाध्यक्ष कोसिस खड्का, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष थलराज पुरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालले स्वागत गरेका थिए ।

तीन दिन सम्म चल्ने प्रतियोगिताको आज शनिवार ऐथ्लेटिक्स ट्रयाक तर्फ ८०० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ त्रीपलजम्प,ज्याभलिङ थ्रो,छात्र/छात्रा बिच बेल्झुण्डी रंगशालामा कडा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै ,तेक्वान्दो, कराते, उसु छात्र/छात्रा तर्फको खेल मल्टिप्रपोज कवर्डहल तुलसीपुर र भलिबल तुलसीपुरमा रहेको राप्ती किङ प्रशिक्षण केन्द्रमा हुने लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिस वलीले जानकारी दिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेका ११ जिल्लाबाट प्रदेशका लागि छनोटमा परेका खेलाडी र अफियल गरि झण्डै १३ सय बढीको सहभागिता रहेको छ ।

प्रदेशमा छ्नोटमा परेका खेलाडीले यहि असार २८ देखि ३० गते सम्म काठमाडौमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा भाग लिनेछ्न ।

प्रतिक्रिया दिनुहोस्

Array