श्रीलंकाका विपक्षी दलका नेता राष्ट्रपति बन्न तयार

माण्डवी न्युज
माण्डवी न्युज २८ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् ।

देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीय बासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापक्षेले बुधबार राजीनामा दिने बताएका छन् । राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन उनको दल समगी जन बलवेगया एसजेबी समर्थन जुटाउन अन्य सहयोगीहरूसँग छलफल गरेको थियो ।

छलफलपछि बीबीसीसँगको कुराकानीमा प्रेमदासाले आफू सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन् । राजापक्षेले बुधबार राजीनामा दिएमा एक हप्तामा नयाँ राष्ट्रपति चयन गरिने छ । प्रेमदासा सन् २०१९ मा राष्ट्रपति निर्वाचन लडेका थिए । तर त्यतिबेला उनी पराजित भए ।

प्रतिक्रिया दिनुहोस्

Array