देशको कानून व्यवस्था बहाल गराउन श्रीलंकाली सेनालाई विक्रमसिंघेको निर्देशन

माण्डवी न्युज
माण्डवी न्युज २९ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशको कानून व्यवस्था बहाल गराउनका लागि आवश्यक कदम चाल्न सेनालाई निर्देशन दिएका छन् ।

राजधानी कोलम्बोमा रहेको प्रधानमन्त्रीको कार्यालय प्रदर्शनकारीले कब्जा गरेलगात्तै विक्रमसिंघेले कानून व्यवस्था बहाल गराउन सेनालाई निर्देशन दिएका हुन् । राष्ट्रपति गोटावाया राजापाक्षे देश छाडेर भागेपछि विक्रमसिंघे स्वत कार्यबाहक राष्ट्रपति बनेका छन् ।

प्रधानमन्त्रीको कार्यालय प्रदर्शनकारीले कब्जा गर्नुअघि विक्रमसिंघेले देशमा संकटकाल लागू गरेका थिए । उनले राजधानी कोलम्बोसहित दक्षिणीप्रान्तमा कर्फ्यू आदेश जारी गरे पनि कर्फ्यू तोडेर प्रदर्शन भइरहेको छ ।

गत शनिबारदेखि राष्ट्रपति भवन प्रदर्शनकारीकै कब्जामा छ । देश आर्थिक संकटमा फसेपछि नागरिक राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array