श्रीलंकाको राष्ट्रपतिमा विक्रमसिंघे निर्वाचित

माण्डवी न्युज
माण्डवी न्युज ४ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – नागरिकमाझ अलोकप्रिय भए पनि प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नै श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको छ ।

नागरिकले विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन् । २२३ सांसद रहे पनि २ जना सांसद मतदानमा अनुपस्थित भ एभने ४ मत बदर भएको थियो ।

राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।

देश आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् । देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चय गरिएको हो । उनको कार्यकाल २०२४ को नोभेम्बरसम्म रहने छ ।

यो बिचमा आर्थिक संकटमा फसेको देशको पुनरत्थान गर्ने जिम्मेवारी विक्रमसिंघेको काँधमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array