नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै

माण्डवी न्युज
माण्डवी न्युज ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै छिन्। भारतको १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति मुर्मूले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन्।

भारतीय गृह मन्त्रालयका अनुसार शपथ ग्रहरणको कारेक्रम बिहान सवा १० बजे संसदको केन्द्रीय हलमा हुने छ। सीजेआई एनवी रमणाले उनलाई शपथ दिलाउने छन्।

यसपछि उनलाई २१ तोपको सलामी दिइने छ। शपथ पछि नयाँ राष्ट्रपति मुर्मूले देशलाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। मौसमलाई ध्यानमा राख्दै शपथको कार्यक्रम राष्ट्रपति भवनमा नराखिएको जनाइएको छ।

२१ जुलाईमा राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएको थियो। ६४ वर्षीया मुर्मूले विपक्षी दलबाट राष्ट्रपतिका उम्मेदवार बनेका यशवंत सिन्हालाई पराजित गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

Array