पाकिस्तानमा बाढीले घर र पावर स्टेसन जलमग्न

माण्डवी न्युज
माण्डवी न्युज ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – पाकिस्तानको माथिल्लो कोहिस्तानमा आएको बाढीका कारण कम्तीमा ५० घर र मिनी पावर स्टेसन डुबानमा परेका छन् । भारी वर्षाको कारण अचानक बाढी आएको र माथिल्लो कोहिस्तानको कान्डिया तहसीलमा ठूलो क्षति पुर्‍याएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अधिकारीहरूले बताएका छन् ।

चित्राल र पेशावरमा भारी वर्षासँगै आएको बाढीमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीडीएमएले जनाएको छ । बाढीग्रस्त क्षेत्रमा उद्धारकर्ताहरूले परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array