भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मुले लिइन राष्ट्रपतिको सपथ

माण्डवी न्युज
माण्डवी न्युज ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

सपथ समारोहमा पूर्वराष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए।

कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५ औँ राष्ट्रपति पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

Array