अमेरिकामा एक करोड ४० लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

माण्डवी न्युज
माण्डवी न्युज १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ। त्यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएकाे हाे।

उक्त संस्थाहरूले गएको ४ हप्तामा मात्र कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको बताएकाे छ। सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको देखिएको एएपीले जनाएको छ।

उमेर समूहअनुसार कसलाई कुन रूपमा कोभिडको सङ्क्रमण भयो र के कस्तो असर गर्याे भन्ने विषयको अनुसन्धान आवश्यक रहेको देखिएको बताइएको छ।

सोसम्बन्धी अनुसन्धानबाट बालबालिकामा देखिएको कोभिडको असरका साथै मानसिक तथा अन्य असर पत्ता लगाउनुपर्नेमा पनि सो संस्थाले जोड दिएको छ। कोभिडको सङ्क्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ। यसको असर बालबालिकामा पनि परेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Array