मुख्य प्रशिक्षक मनोज शनिबार नेपाल आउने

माण्डवी न्युज
माण्डवी न्युज २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले उनी शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका हुन्।

क्यानले उनलाई मुख्य प्रशिक्षकमा गत सोमबार नियुक्त गरेको थियो। नेपालले मनोजको प्रशिक्षकत्वमा केन्याविरुद्ध ५ खेलको टी–२० आई सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ।

 खेलहरु अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुनेछन्। सिरिजका लागि क्यानले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। एकदिवसीय सिरिजको कप्तानी भने रोहित पौडेलले गर्ने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array