इजिप्टको एक चर्चमा आगजनी हुँदा कम्तिमा ४१ जनाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– इजिप्टको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। राजधानी कायरो नजिकको गिजा नामक सहरस्थित अबु सिफिन कोप्टिक चर्चमा आगलागी हुँदा ५५ जना घाइते भएका छन्।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतलाई उद्धृत गर्दै चर्चमा ५ हजार मानिसहरु प्रार्थनाको लागि भेला भएको समयमा विद्युत् सर्ट भएको र मानिसहरुको भागाभाग भएको लेखेको छ।

आगो निभाउनका लागि १५ दमकल प्रयोगमा ल्याइएको थियो। घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको थियो। अग्नि नियन्त्रण विभागले आगो नियन्त्रणमा आइसकेको बताएको छ।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीले कोम्टिक क्रिश्चियन सम्प्रदायका पोप टवाड्रोसलाई फोन गरेर घटनाप्रति समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

कोप्टिक क्रिश्चियन समुदाय मध्यपूर्वको सबैभन्दा ठूलो क्रिश्चियन समुदाय हो, जसको संख्या इजिप्टमा १ करोड छ। पछिल्ला वर्षहरुमा इजिप्टले कयौं गम्भीर आगजनीको सामना गर्नुपरेको छ।

गत वर्ष मार्चमा कायरोको बाहिरी भागमा रहेको एक कपडा उद्योगमा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो। त्यस्तै सन् २०२०, दुई अस्पतालमा आगलागी हुँदा १४ कोभिड बिरामी मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array