काबुलमा शक्तिशाली बम विष्फोट हुँदा २० जनाको मृत्यु, ४० घाइते

माण्डवी न्युज
माण्डवी न्युज २ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली विष्फोटमा परी २० जनाको मृत्यु भएको छ। बुधबार साँझ प्रार्थनाको समयमा काबुलस्थित एक मस्जिदमा विष्फोट भएको हो। विष्फोटमा अन्य ४० जना घाइते भएका बीबीसीले जनाएको छ।

काबुलको खैरखाना क्षेत्रमा रहेको अबुबकिर सेदिक मस्जिदमा बुधबार साँझ नमाजको समयमा शक्तिशाली विस्फोट भएको थियो। उक्त घटनाको जिम्मा अहिलेसम्म कसैले नलिएको अधिकारीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array