पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा उपस्थित हुने

माण्डवी न्युज
माण्डवी न्युज ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनेछन्। यसभन्दा पहिला २२ अगस्टमा धम्काएकाे आराेपमा अदालतले तीन दिनकाे जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरेकाे थियाे।

इमरान खानमाथि पछिल्लाे दिनमा एक र्‍यालीका दाैरान प्रहरी र न्यायपालिकालाई धम्काएकाे आराेप छ। उनले आफ्नाे पार्टीका सहयाेगी शहबाज गिललाई हिरासतमा लिएकाे र दुर्व्यवहार गरेकाे भन्दै इस्लामावादकाे प्रहरी प्रमुख र एक महिला न्यायाधीशकाे निन्दा गरेका थिए।

पूर्वप्रधानमन्त्री खानले आफ्नाे भाषणमा शीर्ष प्रहरी अधिकारी, एक महिला न्यायाधीश, चुनाव आयाेग र उनका राजनीतिक विराेधीहरूविरुद्ध आफ्ना सहयाेगी शहबाज गिलकाे साथ दुर्व्यवहार गरेकाे आराेपमा उजुरी दिने धम्की दिएका छन्।

पाकिस्तानमा आतंकवादकाे आराेपमा कडा कारबाही गरिँदै आइएकाे छ । यदि यस मामिलामा इमरान खान दाेषी पाइए उनीमाथि केही सालकाे जेल सजाय हुनसक्छ। इमरान खान अदालत पुग्दा उनका हजाराैँ समर्थक पनि त्यहाँ पुग्न सक्ने बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

Array