नेपालद्वारा केन्या ४ विकेटले पराजित

माण्डवी न्युज
माण्डवी न्युज १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेपाल र केन्याबीच जारी पाँच खेलको टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको छ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर ३ बल बाँकी हुँदा लक्ष्य पूरा गरेको हो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४१ बलमा ४६ रनको योगदान दिँदा यसै खेलमा डेब्यु गरेका अर्जुन साउदले ३१ बलमा ३५ रन बनाए।

त्यस्तै १८ बलमा रोहित पौडेलले २९ रन बनाउँदा पवन सर्राफले २० रन बनाएका थिए। त्यस्तै आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए।

केन्याका भिराज पटेल र युगिनी ओचिङले २–२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाउँदा केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले। पटेलले अविजित रहदै ७३ रन बनाए। उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए।

त्यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिमले ५५ रनको अविजित इनिङ खेलेका थिए। कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रनको योगदान दिएका थिए।

नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १–१ विकेट लिए। जितसँगै नेपालले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ।

यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपाल १८ रनले हारेको थियो। अब नेपाल र केन्याबीच चौथो टी–२० सोमबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array