केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा क्लीन स्वीप

माण्डवी न्युज
माण्डवी न्युज २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले ‘क्लीन स्वीप’ गरेको छ।

एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारिसकेको नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले हराउँदै सिरिज ३–० ले जितेको हो।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५५ रन बनाएको थियो। उसका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले ५९, सुखदीप सिंहले ३७, इम्यानुअल बुन्डीले २३ र कप्तान शेम चनगोचेले १७ रन बनाएका थिए।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई–दुई तथा बसिर अहमद र शाहब आलमले समान एक विकेट लिए।

२५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले ४७ ओभर १ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि अर्जुन साउदले ५८, आशिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए।

बलिङतर्फ केन्याका विराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले समान १ विकेट लिए। यसअघि नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array