चीनमा गएको शक्तिशाली भूकम्पमा परी ४६ जनाको मृत्यु 

माण्डवी न्युज
माण्डवी न्युज २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ४६ जनाको मृत्यु भएको छ।

सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पमा परी अन्य १६ जना बेपत्ता छन् भने ५० भन्दा बढी घाइते भएका चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको हो ।

भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको छ ।

प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।

छेन्दुका चेनले भन्नुभयो, “मैले यसलाई धेरै शक्तिशाली महसुस गरेँ । भुइँतलामा रहेका मेरा केही छिमेकीले भूकम्पको धक्का निकै धेरै महसुस गरेका बताए ।”

भूकम्पका कारण पर्वतीय पहिरोका कारण कम्तीमा एक सहरमा ठूलो क्षति पुगेको सीसीटीभीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array