गणेश बिसर्जनका क्रममा नदीमा डुबेर १५ जनाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– भारतको हरियाणा र उत्तर प्रदेशमा गणेश भगवानको मूर्ति विसर्जनका क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विभिन्न पाँच स्थानमा भएको घटनामा उनीहरुको मृत्यु भएको हो।

हरियाणाको महेन्द्रगढस्थित झगडोली नहरमा गणेशको प्रतिमा बिसर्जनका क्रममा ८ जनालाई बगाएको छ। जसमा ४ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । यस्तै, सोनीपतस्थित यमुना नदीमा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता छन्।

यस्तै, उत्तर प्रदेशको विभिन्न स्थानमा भएको घटनामा ८ जनाको मृत्यु भएको छ । सन्त कबीर नगरमा ४ बालबालिकाको डुबेर मृत्यु भएको छ। चारै जना एकै परिवारका दाजुबहिनी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । यस्तै, ललितपुर र उन्नावमा पनि गणेश बिसर्जनका क्रममा डुबेर २–२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array