असल राजनीतिक नेतृत्वको लागि गुणस्तरीय शिक्षा आवश्यक

माण्डवी न्युज
माण्डवी न्युज ३ असार २०७९, शुक्रबार
2 Min Read
Aa

दिवाकर पोख्रेल, दाङ

राजनीतिक वृत्तमा असल नेतृत्वको लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको प्रसङ्ग उठेको छ ।

देउखुरी बहुमुखी क्याम्पसले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिलाई स्वागत तथा सम्मान कार्यक्रमा बोल्ने बक्ताहरुले राजनीति क्षेत्रमा पनि शिक्षाको भूमिका अहम रहेको औल्याएका थिए ।

राजनीतिक दलबाटै देशको नेतृत्वदायी पदमा पुग्ने हुंदा राजनीतिक क्षेत्रमाबाटै शैक्षिक सुधार आवश्यक रहेको उनिहरुको जोड थियो । देउखुरी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले आफ्नो विद्यार्थीकालको स्मरण गर्दै विद्यार्थी भविष्यको कर्णधार भएकाले भविष्य निर्माण गर्न बर्तमानमा अथक प्रयास आवश्यक रहेको बताए ।


उनले भने, हामी पनि तपाइहरु जस्तै विद्यार्थी हो, “अहिले तपाइहरुको माझमा फुलमाला लगाएर बसीरहदा विद्यार्थी हुँदाको स्मरण आएको छ, हिजो हामी पनि तपाइहरु जस्तै विद्यार्थी हो ।”
उनले शैक्षिक योग्यता प्राप्त गरेर मात्रै नपुग्ने भन्दै शैक्षिक योग्यताले व्यवहारिकता दिनुपर्ने समेत उल्लेख गरे ।

जनप्रतिनिधिहरु निर्वाचनको समयमा राजनीतिक दलबाट चुनाव चिन्हबाट निर्वाचन जितेपनि निर्वाचन पश्चात आफुहरुले जनप्रतिनिधिकै रुपमा सबैलाई व्यवहार गर्न आवश्यक रहेको बताए । उनले भने, “हामी राजनीतिक दलभन्दा माथि उठेर जनताको प्रतिनिधिकै रुपमा उभिन सक्नुपर्छ तवमात्रै साँच्चै जनप्रतिनिधिको हुनुको अर्थ सार्थक हुन्छ ।” प्रमुख शर्माले जिल्ला समन्वय समिति मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गर्ने गरी कार्यक्रम बनाउने जानकारी दिदै उनले पालिका प्रमुखहरुको सहकार्यबाट यी कामहरु गर्ने जानकारी दिए ।


कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सामाजिक विकासमा शिक्षाको भूमिका महत्वपुर्ण भूमिका रहने भन्दै शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको बताए । क्याम्पस तहमा स्थानीय स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका नगर प्रमुख चौधरीले उच्च शिक्षाको केन्द्र देउखुरी बहुमुखी क्याम्पस बनेकोमा खुशी ब्यक्त गरे ।

कार्यक्रममा लमही नगरपालिका वडा न ३ का अध्यक्ष मनोज चौधरी, गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य दिनामणी आचार्य लगायतले मन्तव्य राखेका थिए ।

क्याम्पसका सहायक क्याम्पस प्रमुखको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विषय प्रवेश क्याम्पस प्रमुख तथा सदस्य सचिव शेरवहादुर गिरीले गराएका थिए भने धन्यवाद ज्ञापन क्याम्पस संचालक समितिका कोषाध्यक्ष शेषमणि गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array