सहकारी कस्तो हुनुपर्छ ?

माण्डवी न्युज
माण्डवी न्युज २३ चैत्र २०७९, बिहीबार
7 Min Read
Aa

२०१३ साल चैत २० गते चितवनमा स्थापना भएको पहिलो सहकारी बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइदै आएको छ।

‘सहकारीको दीगोपन स्वनियमन र सुशासन’ भन्ने मूल नाराकासाथ यो दिवस मनाइएको छ। सोमवार ६६ औँ राष्ट्रिय सहकारी दिवसको शुभ–अवसरमा सहकारी र समुदायबीचको सम्वन्धको बारेमा चर्चा गर्न चाहन्छु।

हरेक सहकारी संस्थाले नाफा कमाउनै पर्ने हुन्छ तर सहकारी संस्था नाफाको लागि मात्र सञ्चालन भने गरिँदैन। न त सामाजिक सेवाको लागि मात्रै। सहकारी भत्दा बित्तिकै सहकार्य वा सहअस्तित्व भन्ने बुझिन्छ। सहकारीका हरेक सदस्यको हैसियत बरावरी हुनछ। सहकारीको भविष्य यसले कत्तिको आप्mना शेयर सदस्यबाट अपतत्व पाएको छ भनने कुराले महत्व राख्दछ। सहकारीलाई दीगो बनाउन आर्थिक लाभ पु¥याउन जरुरी हुन्छ। लाभ बाड्न नाफा गर्नुपर्छ। तसर्थः यसले कुनै पनि ब्यवसाय नगरेता पनि यो नाफामूलक हुनुपर्दछ।

सहकारी भन्ने बित्तिकै हामी नेपालीको पारस्परिक सहयोगलाई पनि जनाउँदछ। समाजमा अप्ठेरो अवस्थामा रहेकाहरुको लागि यो संस्था बरदान सावित हुनसक्छ। ‘एकको लागि सबै र सबैको लागि एक’ को नारा सहकारीमा लगाइने गर्द छ।

वर्तमान समयमा सरकारी सेवा प्रवाह गर्ने निकाय, निर्माण व्यवसायी, व्यापारी, उद्योगी लगायत महत्वपूर्ण निकायमा व्यक्तिवादी स्वार्थका कारण भ्रष्टाचार बढिरहेको बेला सहकारीले सुशासन कायम गर्न पनि सघाउ पु¥उाँदछ।

सहकारितामा पारदर्शिता तथा सुव्यस्थापन हुनुपर्छ यसले सबैलाई हित गर्नुपर्दछ। सबै सदस्यहरुको सहभागिता हुनुपर्दछ। समाजमा  छरिएर रहेका व्यक्तिहरुलाई सहकारीले जोड्ने काम गर्दछ। यसले उनीहरुलाई आर्थिक गतिविधिमा जोडन सक्दछ।  आम मानकिास जीवनस्तर उकास्ने, सबैको हकहितलाई मान्यता दिने र सवैलाई सरक्षित गर्नेे परिपार्टीले सहकारीको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पुग्दछ।

सहकारी संस्थालाई नाफामुखीमात्र बनाउनु हुँदैन। सहकारी संस्थामा सामाजिक गतिविधि बढाउन सआवश्यक हुन्छ। एउटा सहकारी सदस्यहरूको चाहना अनुसार चल्न सक्नुपर्दछ। यसले सामाजिक शिक्षा दिने काम पनि गर्नुपर्छ। यसरी सामाजिक सेवाको भावना आएपछि सदस्यहरूले सहकारितामा सक्रिय सहयोग पु¥याउन उत्प्रेरित हुने गर्दछन्।

सहकारीलाई कस्तो बनाउने भन्ने मुख्य जिम्मेवारी सहकारीको नेतृत्व वर्गको हो। सहकारी संस्थालाई संस्थागत गर्न नेतृत्वकारी भूमिका नेतृत्व वर्गको जरुरी हुन्छ।

अहिले हामीकहाँ च्याउझै सहकारी खुलिराखेका छन्। यस्ता सहकारी संस्थाहरुको नेतृत्व तहको व्यवस्थाकीय शीप तथा सैद्धान्तिक ज्ञानमा कमी भएका कारण सहकारीहरुले आशातित प्रतिफल दिन सकिरहेका छ्रैनन्।

सहकारीलाई राम्रोसँग अगाडि बढाउन सहकारी तहको नेतृत्व वर्गमा सामाजिक तथा सहकार्य भावनाको विकास हुन आवश्यक छ।

सहकारीले जहिले पनि सदस्यहरुको हितको लागि ध्यान दिनुपर्दछ। सहकारी ऐन, नियम एवं सहकारीको मूल्य मान्यताबारे सहकारीकर्मी जानकार हुनु आवश्यक हुन्छ।

सहकारी संस्थालाई विधान, ऐन, कानून र नीति अनुसार सञ्चालन गर्नुपर्दछ। यसले सहकारीमा सुशासनको स्तर बढाउँछ।

हामी नेपालीको कमजोर पक्ष भनेको कुनै पनि कामको व्यवस्थापन पक्ष हो। कमजोर व्यवस्थापनले सहकारीले राम्रो प्रतिफल त दिदैन नि यसका अलावा सदस्यहरुमा  मनमुटावको स्थिति पैदा गर्न सक्छ। नेपालका धेरै सहकारीहरु यो समस्याका कारण समस्यामा परिरहेको देखिन्छ।

सहकारी संस्था आफैमा नाफामूलक मात्र नभए पनि यो सञ्चालन आप्mनै बलबुतामा हुनुपर्दछ। यसले शेयर सदस्यहरुलाई प्रतिफल पनि दिनुपर्दछ। सञ्चालन खर्च पनि जोहो गर्नुपर्दछ। यसो भएका कारण सहकारीले आवधिक रुपमा योजना बनाउने, ती योजनाहरुको प्रभावकारी कार्यान्वयन तथा समय समयमा समीक्षा गरी अगाडि बढ्ने गर्नुपर्दछ।

सहकारीले जुनसुकै व्यवसाय गर्दा पनि त्यसले सहकारीका सदस्यहरुलाई कस्तो फाइदा पु¥याउँछ। त्यसको जोखिम के कस्ता छन्। त्यसबाट के कति प्रतिफल प्राप्त गर्न सकिन्छ। सहकारीको व्यवस्थापकीय क्षमताले त्यसलाई धान्न सक्छ सक्दैन भन्ने बारे बिचार विमर्श गर्न जरुरी हुन्छ। सहकारीले दिने सेवाहरु मानिसका दैनिक जनजीवनमा जोडिएका विषयमा हुन सक्यो भने यसको कारोवार बृद्धि गर्न सकिन्छ। कारोवार जति बढि वृद्धि ग¥यो उति बढि प्रतिफल बढि आउँछ। यसले व्यवस्थापकीय कार्यमा समेत सहयोग पुग्दछ।

नेपालका सहकारीहरुले सहकारी शिक्षामा खासै जोड दिएको देखिदैन। यस विषयमा शेयर सदस्यहरुलाई खासै रुचि देखिदैन। सहकारीको वार्षिक साधारण सभामा समेत सदस्यको गणपुरक संख्या पु¥याउन सहकारीहरुलाई धौ धौ पर्ने परिरहेको देख्न सकिन्छ। यस्तो अवस्थाको अन्त्य गर्नुपर्दछ। सहकारीले समुदायमा यस सम्वन्धी शिक्षा झाडा तिराइको हिसावमा होइन व्यवसायीक रुपमा दक्ष व्यक्तिले गर्ने बातावरण मिलाउनुपर्दछ। सहकारीको मह्त्व तथा सहकारी संस्थाको बारेमा सदस्यहरुलाई जति बढि जानकारी दिन सक्यो उति बढि उनीहरुको सहकारीप्रति अपनत्व बढ्छ। सहकारी समिति र शेयर सदस्यहरुबीच सूचना तथा सञ्चार प्रणाली प्रभावकारी बनाउनुपर्दछ। पछिल्लो समय सूचना प्रविधिको प्रयोग गरेर प्रत्येक शेयर सदस्यहरुलाई सहकारीका गतिविधि तथा नयाँ नयाा योजनाबारे जानकारी गराउन सके सदस्य संख्यामा बृद्धि त हुन्छ नै साविकका सदस्यहरु पनि नयाँ नयाँ योजनामा सहभागी हुन सक्छन्।

एक अर्कामा सहयोग गर्ने, अप्ठेरो परेको मानिसलाई धेरेको सहयोग चाहिने अवस्थामा सहयोग जुटाउन मानिस सहकारीमा जोडिएको हुन्छ। दुःख परेको मानिसलाई सहयोग गर्न सके उसलाई त त्यो दुःखको परिस्थितिसाग सामना गर्न सहयोग पुग्छ नै त्यसको अलावा समुदायका अन्य मानिसलाई पनि सहकारीको महत्वारे बोध हुन्छ।

समाज समुदायका विभिन्न आवश्यकता हुने गर्दछन्। ती आवश्यकता पूरा गर्न सहकारी सहयोगी बन्न सक्दछ। जस्तै सरसफाई, सांंस्कृतिक आवश्यकता पूरा गर्नको लागि सहकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन्। यस्ता गतिविधिहरुले समाज तथा समुदायका सदस्यहरु सहहारीतर्फ आकर्षण गर्न सहयोग पु¥याउँदछ।

सामाजिक वा समुदायको हितको कार्य संस्थाले गर्नुपर्छ। सहकारीले समय समयमा सामाजिक लेखापरीक्षण गर्नुपर्दछ। यसले सहकारीले समाजका सदस्यहरुलाई कसरी सहयोग पु¥याइरहेको छ? सबै सदस्यहरुले समान हिसावले सेवा पाउन सकिराखेका छन् छैनन् भन्ने जानकारी दिन्छ। पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थाहरुले बैंकसरह बचत तथा ऋण परिचालनको सेवा दिन थालिसकेका छन्। यस्ता संस्थाहरु समयअनुसार सूचना प्रविधिमा अपडेट भएर प्रविधिमैत्री सेवा दिदुपर्दछ।

सहकारी संस्था सञ्चालकहरुको बदनियतपूर्ण व्यवहारले पछिल्लो समय सहकारीहरु विवादित बन्ने गरेका समाचारहरु पनि प्रकाशमा आइरहेका छन्। त्यस्ता संस्थाहरु सहकारीको भावना वा मर्म अनुसार सञ्चालन हुन नसकिरहेको कारण त्यस्ता खालका समाचार आएका हुन्। सञ्चालकले संस्थाको पूँजी चलाइदिने, आफ्नो अनुकूलको मानिसलाई प्रक्रिया मापदण्ड उपयोग नगरी ऋण प्रवाह गरिदिने गर्दा सहकारीको ऋण असुली समेत समस्यामा पर्ने गरेको देखिन्छ।  सञ्चालकहरूले बचत निक्षेपलाई दुरुपयोग गर्ने, त्यसलाई लगानी गरिदिने समयमै उसले ऋण तिर्न नसक्दा ऋण डुविरहेको देखिन्छ। नियमन गर्ने सञ्चालक समितिका सदस्यहरू आफै नियमविपरितका कार्य गर्दा कतिपय ठाउँमा समस्या आएको देखिएको छ।

संस्थाको सञ्चालन कुनै अध्यक्ष वा सञ्चालकले गर्ने होइन। यसको सञ्चालन ब्यवस्थापनले गर्नुपर्छ। पारिश्रमिक लिएका प्रशासनका कर्मचारीहरूले नै ब्यवस्थापन गर्नुपर्दछ। उनीहरूको काम, कर्तव्य र अधिकारमा उल्लेख भए अनुसार संस्थाको स्वरूपको जिम्मेवारी उनीहरूले लिनुपर्छ। त्यसो गर्दा संस्था ब्यवसायिक हुन्छ। सञ्चालकहरू आज आउँछन्, भोलि जान्छन्। ब्यवस्थापन बलियो भएन भने संस्था बलियो हुँदैन। ब्यवस्थापन बलियो गर्नको लागि उनीहरूलाई दक्षता वृद्धिका लागि तालिम, उचित पारिश्रमिकउनीहरूको कामको कदर र सम्मान गर्ने वातावरण बनाउन सक्नुपदृछ। उनीहरूको कामको रेखदेख गर्ने, ठीक छ छैन हेर्ने, काम सही तरिकाले गइराखेको छ छैन बुझ्ने काम सञ्चालकहरुले गर्नुपर्छ। यसो गर्दा सहकारीले समाज समुदायमा अपेक्षित नतिजा दिन सक्दछ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: