राजनीति सिद्धान्तको कि व्यवहारको?

माण्डवी न्युज
माण्डवी न्युज १२ असार २०८०, मंगलवार
5 Min Read
Aa

यतिबेला पूराना तथा लामो इतिहास भएका भनिने राजनीतिक दलहरुको खासै चर्चा हुँदैन। नेपाली कांग्रेस र नेकपा एमाले लगायतका कम्युनिष्ट घटकहरु लामो समय राजनीतिक शासन प्रणाली परिवर्तनको पक्षको संघर्षमा होमिए। यस्ता संघर्षको प्रायः नेतृत्व नेपाली कांग्रेसले ग¥यो। त्यसको पछिपछि नेकपा एमाले लगायतका अन्य दल पनि आए।

ठूला राजनीतिक परिवर्तन हामीकहाँ कांग्रेस र एमाले अथवा वामपन्थीको साथले मात्र सम्भव भएको देखिन्छ। राजतन्त्र अन्त्यको लागि माओवादीको बलियो भूमिका छ। माओवादीकै बलले नेपाल गणतान्त्रिक मूलुक भएकोमा कुनै द्विविधा छैन। २०६२÷०६३ को आन्दोलनपछि तराइमा मधेशकेन्द्रित दलको उदय भएसँगै पूराना भनिने दलहरु खुम्चिन थाले। यही बिन्दुबाट पुराना दलको खुम्चिने क्रम बढ्यो। तर मधेशकेन्द्रित दलले पनि राम्रो काम गर्न सकेनन्। उनीहरुबीच सत्ता तथा कुर्सिका लागि शक्ति संघर्ष भयो। दलहरु विभाजित भए। यसले गर्दा मधेसमा मधेशकेन्द्रित दलले आशातित रुपमा जनविश्वास आर्जन गर्न सकेनन्। तर यो बिन्दुबाट पुराना दलहरुको जनमत घट्न थालेको देखिन्छ।

यसो किन भयो होला भनेर सोचौ त ? पुराना भनिने दलहरुले निरन्तर शासन प्रणाली परिवर्तनमा ध्यान दिए। सो का लागि जेलनेल तथा निर्वासनसम्म भोगे। परिवार त्यागे। लाखौको संख्यामा कार्यकर्ता तयार गरे। लामो समय शासन सत्ता पनि सम्हाले तर पनि यति बेला पूराना राजनीतिक दलहरु प्रतिरक्षामा उत्रनुपर्ने अवस्था सिर्जना भएको छ।

यसको एउटै कारण हो। उनीहरले जनअपेक्षा अनुसार काम गर्न सकेनन्। सिद्धान्त र आदर्शका पुलिन्दा भन्दा पनि जनतालाई जनमैत्री सेवा प्रवाह र विकास चाहिएको हो। दलहरुले त्यसो त गर्न सकेनन् नै लोकतन्त्रका लागि लडेका दलहरुले आफ्नै दलभित्र पनि लोकतन्त्र ल्याउन सकेनन्। दलहरुको महाधिवेशनदेखि लिएर बैठकहरुमा अलोकतान्त्रिक गतिविधिको छनक देख्न सकिन्छ।,

दलभित्रै अलोकतान्त्रिक पद्दति स्थापित हुँदा असल, इमान्दार, कर्तव्यनिष्ठ, सक्षम नेतृत्व दलको नेतृत्व तहमा पुग्न सकेन। यसले दलको सञ्चालनलाई थप भद्रगोल बनायो।  यसकारण दलभित्रका आपसी विमतीहरु लोकतान्त्रिक विधिबाट निराकरण हुन सकेनन्। त्यसले गर्दा बलमिच्याई गर्ने तथा जवरजस्ती गर्नेहरुको दलभित्र बोलवाला चल्न थाल्यो। दलहरुको नेतृत्व निरंकुश बन्न थात्यो। यतिसम्म कि समयमा अधिवेशन समेत गर्न नसक्ने अवस्था सिर्जना भयो।

आप्mनै दलमा लोकतान्त्रिक पद्दति स्थापित गर्न नसक्ने नेतृत्वले कसरी लोकतान्त्रिक आचरणमा रहेर काम गर्न सक्छ ? दलका नेतृत्वले आप्mनो भजनमण्डली तयार गरेर नेतृत्वले जे भनेपनि हुन्छ भन्ने पद्दति स्थापित गरे। राणाशासनको बेला जंगबहादुरले बांगो रुखलाई सोझो छ भनेपछि अन्य उनका सहयोगीले सोझो छ भन्थे रे। हो त्यस्तै अवस्था राजनीतिक दलमा पनि आयो। उनीहरु जंगबहादुर शैलीमा आपूmलाई सर्वेसर्वां स्थानमा राख्ने कोशिस गरे।

यसले पुराना भनिने राजनीतिक दलमा अहिले विभिन्न गूट उपगूट रहेको छ। नेतृत्वमा पुग्नको लागि त्यो गुटको नेताले जे भने पनि त्यसमा हो मा हो मिलाएर त्यसका कार्यकर्ताहरु नेतालाई गलत बाटोतर्फ हिड्न प्रेरित गरिरहेको अवस्था छ। यो अवस्था रहेसम्म पूराना भनिने दलहरुको नेतृत्वमा शुद्धिकरण हुन सक्दैन। नेतृत्वमा शुद्धिकरण नभई पुराना दलहरु सुध्रिने देखिदैन।

पूराना दलप्रतिको यति निराशाको लाभ गत स्थानीय निर्वाचनमा  काठमाण्डौका बालेन्द्र शाह र धरानका हर्क साम्पांगले लिए। पछिल्लो समय उनीहरुका गतिविधिले समाजमा चर्चा पाइरहेको छ। उनीहरुले केही कानुन विपरितका कार्य गरे पनि भिडले उनीहरुले राम्रो काम गरेको भनेर हो मा हो मिलाइरहेको छ। उनीहरुको कार्यशैलीको कारण पनि नागरिकहरु आशावादी देखिएका छन्। फोहोरको डुंगुरमा अत्यन्तै सफा चिजको त अपेक्षा गर्न नसकिएला तर तुलनात्मक रुपमा उनीहरुले गरेको काम सकारात्मक देखिनुले पनि उनीहरुको लोकप्रियतालाई बढाइरहेको छ।

इमान्दार जनप्रतिनिधि पनि अहिले आपूm निर्वाचत भएर आएको राजनीतिक दलको कारण बेइमान बन्नुपर्ने अवस्था पछि छ। राजनीतिक दलको खर्चपानीको व्यवस्था पनि जनप्रतिनिधिले गर्नुपर्ने बाध्यताका कारणले उनीहरु सुशासनको बाटोबाट विचलित हुने अवस्था पनि हुन सक्छ। तर बालेन्द्र र हर्कलाई दलको चिन्ता गर्नुपरेन उनीहरुलाई दलभन्दा पनि जनताको चिन्ता छ। दैनिक जनजीवनसँग जोडिने काम गर्न नसकेउनीहरुले आपूm अडिने धरातल देखेका छैनन्। उनीहरुबाट केही सानोतिनो कमजोरी भयो भने पनि बचाउने दल उनीहरुको साथमा छैन। त्यसैले पनि उनीहरु आम मानिससँग प्रत्यक्ष जोडिएका गतिविधिमा सक्रिय देखिन्छन्।

स्थानीय तहमा उनीहरुले दिएको  सकारात्मक सन्देशले स्थानीय तहहरु दलविहीन बनाउनुपर्ने दवाव बढेको देखिन्छ। यसको प्रभाव आगामी स्थानीय तहको निर्वाचनमा थप देखिन सक्छ। राजनीतिक दलहरु बिकृति र बिसंगतिले गाजीएका कारण दलप्रति यति ठूलो बितृष्णा बढेको हो। पुराना भनिने राजनीतिक दलले शासनप्रणाली परिवर्तनका लागि गरेको संघर्षलाई नजरअन्दान गर्नु हुँदैन। उनीहरुले परिवर्तन गरेको शासन प्रणालीमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन्।

यतिबेला अर्को चर्चाको दल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ। यो दल पनि पूराना दलहरुको विकर्षणको जगमा खडा भएको देखिन्छ। स्थापना भएको छोटो समयमै प्रयाप्त सफलता हात पार्न सफल यो दलको आन्तरिक लोकतन्त्र कति बलियो हुन्छऽ त्यो भने हेर्न बाँकी नै छ। तर अहिले पुराना दलहरुबाट बिकर्षित भएकाहरु तथा मुलुक बनाउन भिजन भएका केही बौद्धिक जमात पनि यो दलमा सामेल हुने क्रम चलिरहेको छ। यसले यो दलतर्फ पनि मानिसहरुको आकर्षण बढेको देखिन्छ। छोटो समय सरकारमा गए पनि त्यसबाट बाहिरिएका कारण यो दलप्रति जनअपेक्षा बढिरहेको देखिन्छ। यसले सिद्धान्तको राजनीति भन्दा पनि लोकतानित्रक व्यवहारको राजनीतिक आजको आवश्यकता हो।

प्रतिक्रिया दिनुहोस्

Array