बालबालिकामा मोवाइलको लत छुटाउनु अभिभावकको कर्तव्य

माण्डवी न्युज
माण्डवी न्युज १२ असार २०८०, मंगलवार
6 Min Read
Aa

अधिकांश बालबालिकाहरुका अभिभावकलाई आजभोलि एउटै विषयको चिन्ता छ। मेरो छोरो ५ बर्ष भईसक्यो पटक्कै जिव्रो फटकाएर बोल्दैन्। मेरो छोरी २ बर्षकी भई अझै राम्रो सँग हिड्न सक्दैन्। उमेर अनुसार हिड्न, बोल्न र उभिन नसक्नाले धेरै अभिवाकहरु यो बिषयमा चिन्तित छन्। चिकित्सक तथा यस बिषयमा अध्ययन गरिरहेका मनोबैज्ञानिकहरु प्रकृतिको नियम बिपरित मानिसहरुले आफ्नो दैनिक गतिविधिहरु सकृय रुपमा अगाडी बढाउदै जादा त्यस्को नकरात्मक प्रभाव, परिणाम र दुरगामी दोषहरु देखापर्दै गएको बताउछन्।

जब बालबालिकाहरु बामे सर्न खोज्छन, उनिहरुलाई त्यसो गर्न दिइदैन्, हिड्ने वेला हुन्छ, हिड्न दिइिदैन् र तोतेबोेलीमा बोल्न खोजिरहेको हुन्छ उसले साथी पाउदैन्। दोहोरो माध्यममा कुरा गर्ने साथी नपाएपछि बोल्न सक्ने भाषाको बिकास पनि समयमै हुदैन्।

गम्भीर ढङ्गले नजिकवाट नियालेर हेर्ने हो भने थुप्रै कारणहरुको बारेमा बोध हुन सक्छ। आजभोलि हाम्रो दैनिकी यति व्यस्त हुदै छ कि कसैसँग कुरा गर्ने फुर्सद छैन्। हाम्रो व्यवहारको बिकास कस्तो हुदै गयो भने बालबालिकाहरु धुलोमा खेल्न गयो भने कपडा मैलो हुन्छ, फोहोरी हुन्छ। हामीलाई कपडा धुने फुर्सद छैन्। बालबालिकाहरुसँग घर नजिकैको खेल मैदानमा गएर खेल्ने फुर्सद छैन्। त्यसैले बन्द कोठामा बच्चाहरुलाई थुनेर राख्ने अनि मोबाईल खेल्न दिने अथवा टि.भी. हेर्न दिने। बन्दै कोठामा भएपनि सिकाईका बिभिन्न कृयाकालापहरुलाई अगाडी बडाउन त सकिन्छ। तर पनि बाबु आमा नै  मोबाइलमा ब्यस्त हुने भएकोले बाबु आमाको कुराकानी, गफगाफ र छलफल नै सुन्न पाउदैन भने कसरी भाषाको बिकास हुन्छ ? एउटा दुधे सानो बालकलाई पनि आमाले स्तनपान गराउदा बच्चा सँग कुराकानी नगरी आमाले समेत मोबाईलमा गित, भिडियो, टिकटक हेरेर समय व्यथित गर्छिन भने बालकले के सिक्छ ? त्यस्तो दुधे बच्चा सँग आमाले बच्चाको आँखामा आँखा जुधाई खशी मुद्रामा स्तनपान गराउनु पर्छ। बच्चा सँग कुराकानी गर्ने क्रममा बाबा, मामा, चाचा, नानु, सानु भन्दै बच्चालाई सुमसुमाउदै स्तनपान गराउने त्यो बाताबरण हराउदै गएको छ।

हिजोको प्राचिन समुदायमा संयुक्त परिबारको अबधारणा हुन्थ्यो। परिवारमा बाजे–बजै, आमा–बुबा, काका, काकी, फुपु लगाएतका सदस्यहरु हुने गर्दथे। आजभोलि परिवारको हरेक आबश्यकता पुरा गर्ने हेतुले परिवारकोआकार सानो हुँदै गएको छ। सानो परिवारको चार जना सदस्यमा  पनि बाबु–आमा नै जाँगिरे भएकोले दुधे बालकको स्याहारको लागि पैसा दिएर धाई महिला राख्नाले पनि बालबाकिाहरुको प्रयाप्त सिकाई भएको छैन्। बालबालिकाहरुले जसरी सिक्यो त्यस्तै जान्ने हो। सिकाईमा बालबालिकाको दोष हुदैन्। बालबालिकालाई कस्तो बनाउने? भन्ने कुरामा सर्बप्रथम बाबु–आमा, परिवार,समुदाय र बिधालयको ठुलो भुमिका हुन्छ। त्यो बातावरण हराउदै गएको छ।भाषाका चार सिपहरु मध्ये सुनाई,बोलाई, पढाई र लेखाईले नै ब्रेक डाउन गरेको छ। परिणाम स्वरुप कतिपय बच्चाहरु तीन बर्ष पुग्दा समेत प्रष्ट बोल्न सक्दैन र कतिपय अभिभावकको चिन्ताको बिषय बन्न पुगेको छ।

बालबालिकाहरुलाई समुदायमा घुलमिल हुन नदिनु बाबु–आमको दोष देखिन्छ। हाम्रा आजभोलिका घरहरु पनि प्राय ढलाईवाला बनाउने र चारैतिरबाट पर्खाल लगाई मुलगेटमा ठुलो चेनगेट लगाउने प्रचलन छ। यसवाट बच्चाहरु घरभित्रको साँघुरो घेरामा नै बस्नु पर्ने बाध्यता भएको छ। एउटा सानो बच्चाले न बाहिर गएर खेल्ने, न भित्र कोहि साथीहरुसँग खेल्ने मौका पाउछ। खेल्दै सिक्दै जाने बालबालिकाहरुको उमेरमा हाम्रो ठाडो हस्तक्षेप र बन्देज भएकोले उनीहरुको स्वभाब र ब्यबहारमा परिर्बतन देखापर्दै जानु स्वभाविक प्रकिृया हो। हामीलाई मान्छे माथि नै बिश्वास लाग्न छोडिसक्यो। घरघरमा एउटा भोटे कुकुर पाल्ने र अपरिचित ब्यक्ति घरमा आयो भने कुकुर भुक्ने भएकोले त्यो अपरिचित ब्यक्ती सँग कसरी चिनजान होस् ?  छिमेक, परिवार र समुदायको सम्बन्ध कसरी अगाडी बढोस्? भनिन्छ नि–“रुख अनुसारको छाँया, साईनो अनुसारको माया” भन्ने उखान आजभोलि हराउदै गएको छ।

वालबालिकाहरुका लागि पहिले र अहिलेका खेलहरु तुलना गर्ने हो भने आकाश पाताल फरक छन्। गाँउघरमा, पहिले पहिलेका खेलहरुमा रुमाल लुकाउने खेल, आँगनमा दश कोठाको धर्को कोरेर खेलिने  राज्य खेल, परालको थुप्रोमा लुकामारी खेलिने खेल, ओरो–डोरो खेल, मुलाबारीको खलामा खेलिने खेल,  मुसा–बिरालो खेल, लक्कु ढाल, पौडी खेल, गोबर मन्टी खेल, दशैमा चङ्गा उढाउने खेल, भुरुङ्ग नचाउने खेल, डण्डी बियो खेल, ढुङ्गाको कट्टा खेल लगाएतका थुप्रै खेलहरु लोप भईसकेका छन्। यी सबै खेलहरुलाई मोबाईल कम्प्युटर, इमेल–इन्टरनेट, टिकटक, फेसवुक युटुब भिडियोले बिस्थापित गरिसकेको छ। केटाकेटी देखि बुढाबुढी सम्मको रोजाई मोबाईलको लत भईसकेको छ। पुराना खेलहरुको बारेमा आजभोलिका बालबालिकाहरु अनबिज्ञ छन्। मोवाईलमा नै धेरै लत भएकोले बालबालिकाहरु मोबाइलबाट नै बिभिन्न किसिमका खेलहरु खेल्न रुचाउछन्। मोबाइलमा नै रुचि र अत्यधिक लत भएकोले आजभोलि बालबालिकाहरु झर्किने, जिद्धी गर्ने, रिसाउने, पढ्न रहर नगर्ने, आफन्तहरु सँग भेटघाट र भलाकुसारी गर्न मन नलाग्ने, एककोहोरो हुने जस्ता स्वभावहरु देखाउछन्। परिवार के हो ?  समाजमा बालबालिकाहरुको भुमिका के हुन्छ?  आफ्न्तहरुसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको नैतिक शिक्षा छैन्।

नेपालमा मात्र नभएर बिश्वका अधिकांश देशहरुमा मोबाईलको बढ्दो प्रयोगले बालबालिकाहरुको शारीरिक,  मानसिक र सामाजिक बिकासमा ठुलै समस्या पैदा भएको छ। नेपालको शिक्षा क्षेत्र खस्किदै जानुमा पछिल्लो कारणको रुपमा मोबाइलको दुरुपयोग नै हो। मोबाइलकै गलत प्रयोगको कारणले दिनप्रतिदिन हत्या हिंसा, बलत्कार, अपहरण जस्ता सामाजिक  समस्या तथा दुर्घटनाहरु भईरहेका छन्। यसप्रति राज्यको कुनै चासो छैन्। स्पष्ट नीति नियम कै अभाव र कानुनको पालना नगर्नाले नेपालको सामाजिक सञ्जाल त्यति विश्वसनीय र भरपर्दो भएको छैन्। अब धेरै बिलम्ब गर्नु हुदैन्। समय धेरै घर्किसकेको छ। बालबालिकाहरुको मानसिक, शारीरिक, संबेगात्मक र सामाजिक बिकासको लागि सबै अभिभाबकले आफ्लो बाबालिकाहरुको सुन्दर भबिष्यको लागि मोबाइलको लतबाट छुटाउन जरुरी छ। मोवाइलको गलत प्रयोगले बालबालिकाहरु बिग्रन दिनु हुदैन्। किनभने आजका बालबालिकाहरु भबिष्यका कर्णधार हुन्।

लेखकः लोक चेतना एकेडेमी बिद्यालय भिंग्रीका माध्यमिक तहमा सामाजिक/अंगेजी बिषयका शिक्षक हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

Array