ब्रा नलगाउँदा के फाइदा हुन्छ ?

माण्डवी न्युज
माण्डवी न्युज २४ मंसिर २०७९, शनिबार
3 Min Read
Aa

ब्रा नलाउँदा के फाइदा हुन्छ ?

काठमाण्डौ– महिला र ब्राको सम्बन्ध एक अर्कामा परिपूरक जस्तै बनेको छ। अर्को हिसाबले महिलाहरुका लागि नभई नहुने एक वस्त्र बनेको छ ब्रा। ब्राले महिलालाई राम्रो फिटिङ र आकार दिन मद्दत गर्नसक्छ भने केही महिलाका लागि ब्रा दुखाईको कारण पनि बन्नसक्छ। कतिलाई यो लगाउन नपरे पनि हुन्थ्यो भन्ने हुन्छ भने कतिलाई भने ब्रा नलगाउँदा असहज महसुस हुन्छ।

छालाको स्वास्थ्य राम्रो हुन्छः

यदि तपाईं लामो समयका लागि ब्रा लगाउनुहुन्छ भने ब्राको स्ट्रेप, कप र रडले तपाईंको स्तन वरिपरिको छालालाई निकै दबाब दिइरहेको हुनसक्छ । तसर्थ ब्रा नलगाउँदा स्तन वरिपरिको छाला र तन्तुमा दबाब पर्दैन । ब्रा नलगाउँदा छालामा ब्याक्टेरिया र कुनै पनि किटाणुले असर पार्ने सम्भावना कम गर्न मद्दत गर्छ जुन कपडासँगै छालामा टाँस्सिन सक्छ, विशेषगरी गर्मी वा ओसिलो मौसममा ।

हल्का र आराम महसुस हुन्छः

ब्रा नलगाउँदा हल्का र आराम महसुस हुन्छ। दिनभरि ब्रा लगाएको शरिरलाई बाँधिएको महसुस हुन्छ। बेलुका ब्रा फुकाल्दा महिलाले आफू बाँधिएको महसुस गर्दिनन् र राहत महसुस गर्छिन्। लामो समयसम्म ब्रा नलगाउँदा स्तनलाई प्राकृतिक रुपमा बढ्न मद्दत पुग्छ।

स्तनमा दबाब पर्दैनः

ब्रा भित्र स्तन संकुचित हुने हुँदा यसको मांसपेशीको तन्तुमा दबाब पर्ने गर्छ जसले स्तनको आकारमा प्रभावित गर्छ। सन् २०१७ मा गरिएको एक अध्ययनमा पाइएअनुसार जो महिलाले ब्रा लगाएका थिएनन् उनीहरुको स्तनको आकार ठूलो थियो। यद्यपि, ब्रा नलगाउँदा स्तनको वृद्धि हुने नहुने विषयमा सटिक जानकारी पाउनका लागि थप शोधको आवश्यकता रहेको विज्ञहरु बताउँछन्।

ब्रा नलगाउँदा राम्रोसँग रक्तसंञ्चार हुन्छः

साधारण शब्दमा भन्ने हो भने कुनै स्ट्रेप, जाली वा भारी कपडा तपाईंको छालाबाट हटाइदिने हो भने तपाईंको छाला र तन्तुको माध्यमले हुने रक्तप्रवाह छातीको आसपासको भागमा सुधार हुने गर्छ। यसले विशेष रुपमा तपाईंको छालालाई बलियो राख्न मद्दत गर्छ। याद राख्नुहोस्, यदि तपाईंको ब्रा टाइट छ भने तपाईंको छालाले चोट र दबाबको सामना गर्ने सम्भावना अत्यधिक हुन्छ जसका कारण रक्तसञ्चार प्रभावित हुन्छ।

ब्रा नलगाउँदा पीडा कम हुन्छः

ब्रा नलगाउँदा तपाईंले आफ्नो छाती, पेक्टोरल मांसपेशी र पिठ्यूँ वरिपरि कम पीडा महसुस गर्नु हुनेछ। यद्यपि, तपाईंले कस्तो प्रकारको ब्रा लगाउनुहुन्छ, यसमा यो कुरा निर्धारण हुन्छ। ब्राले हाम्रो हड्डी, पिठ्यूँको मांसपेशी, यहाँसम्म कि गर्धनसम्म पनि दबाब पार्न सक्छ। तसर्थ ब्रा नलगाउँदा यो समस्याको हल गर्न मद्दत गर्छ। यद्यपि, ठूलो स्तन हुने महिलाका लागि ब्राले ठिक विपरित काम गर्नसक्छ र पीडा कम गर्न मद्दत गर्नसक्छ।

राती सुत्ने बेला ब्रा लगाउने कि खोल्ने?

यदि तपाईं राती सुत्ने बेला ब्रा खोलेर सुत्नुहुन्छ भने, यो तपाईंको राम्रो बानी हो। यदि छैन भने तपाईंले यस्तो बानी अपनाउन सक्नुहुन्छ। ब्रा नलगाउँदा तपाईंलाई मिठो निद्रा लाग्छ। ब्राबिना तपाईंको छालाले कम दबाब महसुस गर्छ र तपाईंले आराम पाउनुहुन्छ। राती सुत्दा आफूलाई फ्री भएको महसुस गर्न चाहनुहुन्छ भने ब्रा खोलेर सुत्नुस्, छुट्टै आनन्दको महसुस गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array