भ्रष्टाचारले लोकतन्त्रलाई कसरी धमिल्याएको छ?

माण्डवी न्युज
माण्डवी न्युज २३ श्रावण २०८०, मंगलवार
7 Min Read
Aa

भ्रष्टाचारले लोकतन्त्रलाई कसरी धमिल्याएको छ?

लोकतन्त्रमा जनप्रतिनिधि भनेका सर्वाधिक शक्तिशाली पात्र हुन्। आवधिक रुपमा शासन गर्न नागरिकले उनीहरुलाई अधिकार दिएका हुन्छन्। त्यो अधिकारको उपयोग गरेर जनप्रतिनिधिले जनतामाथि शासन गर्ने हो। सबै नागरिकको भावना प्रतिनिधित्व नभए पनि बहुमतीय आधारमा मत पाएर शासन गर्ने जनप्रतिनिधिले म्याण्डेट पाएका हुन्छन्। त्यही म्याण्डेटको आधारमा बहुजन हिताय गतिविधिमा जनप्रतिनिधि लाग्नु उनीहरुको कर्तव्य हो।
निरंकुश शासनप्रणालीलाई परिवर्तन गर्न स्थापना भएका कांग्रेस कम्युनिष्टले शासनप्रणाली परिवर्तनमा जोड दिए। किनभने राणाशासन तथा पञ्चायतकालमा दल खोल्न पाइने व्यवस्था थिएन। उनीहरु एकतावद्ध भएर जनआन्दोलन गरेपछि बहुदलीय व्यवस्थाको पुनस्र्थापना पनि भयो। दलमाथिको प्रतिवन्ध पनि फुकुवा भयो। यसपछि राजनीतिक दलको भूमिका बदलियो। दलहरु अब राष्ट्रिय विकास तथा जनजीविकाका सवालमा केन्द्रित हुनुपर्ने थियो तर उनीहरु यसतर्फ जति ध्यान दिनुपर्दथ्यो त्यति दिन सकेनन्।
दलहरु सत्तामा जसरी पनि जानुपर्ने रणनीति मात्र बनाउन थाले। यसले दलहरुबीचको झगडाले राजालाई शासन सत्ता हातमा ल्याउने लोभ बढ्यो। राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिए। अभिव्यक्ति स्वतन्त्रता खोसे। यसले तत्कालीन शासन प्रणालीबाट सन्तुष्ट नभएर सशस्त्र बिद्रोह गरिरहेको माओवादीलाई समेत पुराना संसदवादी दलहरुसाग एकजूट गरायो। दलहरुले पुनः राजनीतिक शासन प्रणाली बिरुद्धको आन्दोलनको नेतृत्व गरे। यो आन्दोलनमा नागरिकले पनि अभूतपूर्व साथ दिए। शासनप्रणालीले पुनः लोकतन्त्रको ट्रयाक समात्यो। राष्ट्रको विकास तथा जनजीवीकाको सवालमा एकमत हुन नसकेका दलहरुलाई पनि जनताले माफी दिए। अब दलहरु सुध्रिएलान् भनेर।
मुलुकको गणतन्त्र स्थापना भएको १७ वर्ष बितिसकेको छ। संविधान सभाबाट संविधान निर्माण भएको पनि ७ वर्ष बितिसकेको छ। २०७२ संविधान बनेपछि पनि दुईवटा आवधिक निर्वाचन सम्पन्न भइसकेका छन्। यी निर्वाचनको परिणाम हेर्ने हो भने पुराना भनिने राजनीतिक दलको अभिमत घटिरहेको देख्न सकिन्छ।
यसरी राजनीतिक दलप्रति किन नागरिकको विश्वास घट्दै छ? यस विषयमा दलहरुले खोजी गर्न आवश्यक छ। राजनीतिक दलको सिद्धान्त र त्यसको कार्यान्वयनमा त्यो दलले खेलेको भूमिकाको हिसावले राजनीतिक दलप्रति नागरिकले धारणा बनाएका हुन्छन्। नेपाली नागरिकले छिटो छिटो राजनीतिक दलप्रतिको धारणा परिवर्तन गरेको देखिदैछ । आवधिक निर्वाचनमा त्यसको परिणाम देखिदै आएको छ। राजनीतिक दलप्रतिको विश्वासमा ह्रास आउँदै गएको यसले संकेत गर्दछ।
राजनीतिक दलहरु आप्mनो सिद्धान्तमा खरो उत्रिन नसक्नु र चुनावी घोषणा पत्रमा उल्लेख गरेका कामहरु पूरा गर्न नसक्नुले दलप्रतिको नागरिकको विश्वास घट्दै गएको छ। यो भन्दा पनि अझ पेचिलो विषय भनेको कुशासनले नागरिक वाक्क भएको अवस्था छ। राजनीतिक दलको नेता तथा जनप्रतिनिधिको जीवनस्तरबारे आम नागरिकले धारणा बनाइरहेका हुन्छन्।
२०४६ सालको राजनीतिक परिवर्तनपछि दुई खालका जनप्रतिनिधि देखिए। सुशासनलाई प्रवद्र्धन गर्ने, जसरी पनि पैसा कमाउ भन्ने खालका। पैसा कमाएपछि मात्र राजनीति गर्न सकिन्छ भन्ने अर्कोतिर भ्रष्टाचार गरेर अधिकांश जनप्रतिनिधिले प्रदर्शन गरेको भूमिकाका कारण जनप्रतिनिधिहरु बदनाम बन्ने क्रम शुरु भयो। जनप्रतिनिधि भइसकेका व्यक्तिलाई चुनावको बेला पैसा खर्च गरे जसरी पनि जनप्रतिनिधि निर्वाचित हुन सकिन्छ भन्ने लालसा बढेको देखिन्छ।
यसरी जम्मा भएको धनले भ्रष्टाचारमा हिम्मतिला व्यक्तिहरुलाई नेता बनाइरहेको छ। लोकतन्त्रलाई धमिल्याउनको लागि यही भ्रष्टाचारबाट जम्मा भएको धनले काम गरिरहेको छ। पछिल्ला निर्वाचन हेर्ने हो भने राजनीतिक दलको नेतृत्व पनि पैसा खर्च गर्न सक्ने हैसियत भएकाहरुलाई जनप्रतिधिको उम्मेदवार बनाउन विवश छन्। यसले राजनीतिमा लाग्ने तथा जनप्रतिनिधि बन्ने सपना बुनेकालाई भ्रष्टाचारतर्फ प्रेरित गरिरहेको छ।
भ्रष्टाचार गरेको पैसा लगानी गरेर उम्मेदवार हुन पाइने मात्र होइन जनप्रतिनिधि पनि हुन पाइने भएपछि अहिले राजनीतिमा कस्ता मान्छेको आकर्षण होला ? यहाँहरुले सहजै अनुमान गर्न सक्नुहुन्छ – व्यापारी, ठेकेदार, अपराधिक पुष्ठभूमी भएकाहरु, अहिले सबैजसो दलको नेतृत्वमा बढ्दै छ। राजनीतिलाई मानवीय सेवा बनाएकाहरु इमान्दार, कर्तव्यनिष्ठ भएर लागेकाहरुको संख्या  घट्दै छ।
बहुमतले राज गर्ने शासन प्रणालीमा आम नागरिकको चेतनास्तर तथा इमान्दारीता कमजोर भयो भने त्यसले राम्रो परिणाम दिन सक्दैन। अहिले सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरु हुने गर्दछन्। सामाजिक सञ्जालमा यस्ता ट्रोलहरुमध्ये अधिकांश कहि न कहिबाट परिचालित भएर आउने गरेको पाइन्छ। यस्ता ट्रोलहरुले पनि मित्थ्या सूचना प्रवाह गर्ने गरेको देखिन्छ। यहाँ पनि प्रविधि खरीद गर्नको लागि पैसाकै खर्च हुने गर्दछ।
हामी नेपालीहरु यति कोमल भावनाका छौ कि। कसैले भ्रष्टाचार गरेर एक करोड रुपैया जम्मा ग¥यो। उसले १ लाख रुपैया सामाजिक काममा खर्च ग¥यो भने पनि त्यसको सामाजिक काममा पुर्याएको योगदानको चर्चा परिचर्चा गरेर थाक्दैनौ। कसैले छोटो समयमा विना आधार धेरै पैसा कमायो भने पनि त्यसको स्रोत खोज्दैनौ। अझ हामी उसलाई प्रोत्साहन गर्छौ। कति सफल मान्छे ? कति प्रतिष्ठित मान्छे? भनेर उल्टो उसको सम्मान गर्छौ। यसो गर्दा उसलाई भ्रष्टाचार गर्न हामीले नै थप प्रेरित गरिरहेका छौं।
भ्रष्टाचार गरेरै भए पनि उसले जम्मा गरेको धनप्रति नागरिकले प्रश्न नगरेका कारण पनि भ्रष्टाचार थप बढेको हो। यस अर्थमा भन्नुपर्दा हामी नागरिक पनि भ्रष्टाचार गर्न सहयोग पु¥याइरहेका छौं। हामी नागरिकले त्यस्ता भ्रष्टाचारीहरुलाई बहिष्कार गर्न सक्ने। त्यस्ता व्यक्तिहरु सामाजिक रुपमा अपमानित हुने अवस्था सिर्जना गर्न सक्ने हो भने भ्रष्टाचार गर्ने व्यक्तिले १० पटक भ्रष्टाचार गरु कि नगरु भनेर सोच्नुपर्ने अवस्था आउँन सक्थ्यो। यस्तो अवस्था आयो भने पक्कै पनि भ्रष्टाचार केही हदसम्म नियन्त्रण हुनसक्थ्यो।
जनप्रतिनिधि र कर्मचारीको मिलेमतो बिना भ्रष्टाचार हुने सम्भावना अत्यन्त कम हुन्छ। अहिले भइरहेका अधिकांश भ्रष्टाचार भनेको कर्मचारी र जनप्रतिनिधि मिलेर हुने गरेका भ्रष्टाचार हुन्। त्यो बाहेक, व्यापारी, कर्मचारी र नेता, ठेकेदार कर्मचारी र नेता। यी तीन खालका भ्रष्टाचारका नमुनामा जनप्रतिनिधिले चाहेमा भ्रष्टाचार सजिलोसँग नियन्त्रण हुन सक्दछ। तर जनप्रतिनिधिले त्यो खालको इच्छाशक्ति देखाएको देखिदैन। एकाध जनप्रतिनिधिले देखाइहाले पनि पुरै संयन्त्र नै भ्रष्टाचारमा संलग्न भएका कारण पनि उनीहरु सफल हुन कठिन छ।
शासनको सबैभन्दा राम्रो अनुभव गर्न सकिने नेपालका ३ तहका सरकारमध्ये स्थानीय सरकार हो। यी सरकारको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र त्यहाँका नागरिकबीच कत्तिको अन्तरक्रिया हुन्छ भन्ने कुराले यीनको भूमिका निर्धारण गर्ने गर्दछ। अहिले स्थानीय सरकारका प्रतिनिधि र जनताबीच अन्तरक्रिया जति हुनपर्दथ्यो त्यति भएको पाइदैन। सुशासनलाई प्रवद्र्धन गर्न स्थापित सार्वजनिक सुनुवाइहरुमा समेत अपेक्षित जनसहभागिता देख्न सकिदैन। यसो हुनुमा आम नागरिकमा सार्वजनिक सुनवाईमा उठाएका सवाल सम्वोधन हुन्छ भन्ने विश्वासै नभएको देखिन्छ। आम नागरिकमा जनप्रतिनिधिप्रति अविश्वास बढ्नुले आम मानिसमा निराशा छाएको छ।
अब यो निराशालाई आशामा बढाउने काम जनप्रतिनिधिको हो। ठूला ठूला गफ हाक्नुभन्दा पनि जनताले स साना भए पनि सुशासनका कामहरु खोजिरहेका छन्। यस्तै स साना सुशासनको कुराले मात्र समाजलाई शासन प्रणालीलाई सुदृढ गर्ने हो।

 

प्रतिक्रिया दिनुहोस्

Array