५८ औं रक्तसञ्चार सेवा दिवस प्यूठानसहित नेपालभर मनाइयो

माण्डवी न्युज
माण्डवी न्युज १२ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

५८ औं रक्तसञ्चार सेवा दिवस प्यूठानसहित नेपालभर मनाइयो

प्यूठान । शुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्रसञ्चार सेवा भन्ने नाराकासाथ ५८ औं रक्तसञ्चार सेवा दिवस प्यूठानसहित नेपालभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
लायन्स क्लव अफ प्यूठानको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले शुक्रवार प्यूठान अस्पतालमा दिवस मनाएको हो ।
दिवसका अवसरमा शुभकामना मन्तव्य दिदै जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिशीले नेपाल रेडक्रस सोसाइटी लगायतका सामाजिक संघ संस्थाले रक्तदानको क्षेत्रमा पु¥याएको योगदानको प्रंशसा गरे ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले रक्तदान महादान भएको उल्लेख गर्दै विभिन्न दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेर रक्तदान गर्न प्रोत्साहित गर्ने सन्देश समाजमा फैलाउनुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी प्यूठानका सभापति गुमानराज पुलामीले जिल्लामा २०६८ बैशाख २५ गतेदेखि आकस्मिक रक्रसञ्चार सेवा हुँदै २०७१ सालबाट रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको जानकारी दिए ।
रेडक्रशका मन्त्री दामोदर शर्माले सञ्चालन, उपकोषाध्यक्ष धु्रवबहादुर जिशीले स्वागत मन्तव्य दिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, लायन्स क्लव अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माले शुभकामना मन्तव्य दिएका दिए ।

सो अवसरमा १० पटकभन्दा बढि रक्तदान गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो । यसरी सम्मानीत हुने संस्थामा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र रहेको छ । त्यस्तै राधा अधिकारी, विरवल केसी, हिमलाल विष्ट, सुरज खनाल, विष्णुप्रसाद न्यौपाने, जनक आचार्य, रविकुरमार राना, तेजमणि पोख्रेल, दिनेश कार्की र भुपेन्द्र पोख्रेल लाई सम्मान गरिएको छ।
यस अघि दिवसका अवसरमा आयोजित रक्तदानलाई सहयोग पु¥याउने सचेतनात्मक ¥याली जुम्रिदेखि शुरु भएर विजुवार वजार परिक्रमा गरेको थियो ।
दिवसकै अवसरमा ‘रक्तदानमा युवा रेडक्रस सदस्यको भुमिका’ बिषयक अन्तर मा.बि. स्तरीय बक्तृत्वकला प्रतियागितामा प्रथम हुने चिरायु माविकी रेजिना केसी, द्वितीय हुने भानुभक्त मावी वर्वोटका सन्देश जिशी, तृतीय हुने कालिका आवाशीय मावि टारीकी सुहाना सुवेदी र लक्ष्मी मावि बांगेमरोटकी एञ्जिला पंथीलाई पुरस्कृत गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले नेपालमा कूल मागको ९० प्रतिशत हिस्सा मुलुकभरका १२० रक्तसञ्चार केन्द्र मार्फत आपूर्ति गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array