आउँदो चुनावबाट देशको नेतृत्व माओवादीले लिन्छ : प्रचण्ड

माण्डवी न्युज
माण्डवी न्युज ६ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गरे ।

‘यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन’ प्रचण्डले भने ।

प्रचण्डले नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array