अन्तर कलेज स्तरिय पुरुष भलिबल प्रतियाेगिता सुरु

माण्डवी न्युज
माण्डवी न्युज १० श्रावण २०७९, मंगलवार
3 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ
दाङको तुलसीपुरमा आज देखि अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ सुरु भएको छ ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिता तथा प्रशिक्षण केन्द्रको पुर्व सिंचाई मन्त्री एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी गिरीले खेलकुदको विकास स्थानीय स्तरबाटै हुनु पर्ने बताए ।

मानव समाज र अनुशासनको मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास स्थानीय स्तरमै हुनुपर्छ अव स्थानीय तह पनि सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ गिरीले भने । एउटा पुर्व खेलाडीको अनुभव सेयर गर्नु भएका गिरीले खेल विकासमा आफू लागि पर्ने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले खेलकुदको विकासमा स्थानीय सरकार गम्भीर नभएको भन्दै निजि क्षेत्र खेलकुद क्षेत्रमा लगानी गर्न इच्छुक भइराहदा स्थानीय निकायले खेल क्षेत्रलाई हेर्ने दृष्टीकोण फराकिलो बनाउन नसकेको बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी, दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धुर्व आचार्य, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राप्ती किङ प्रशिक्षण केन्द्रका सल्लाहकार केदारराज श्रेष्ठको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालित प्रतियोगिताको आज पहिलो दिन अरनिको मावि रोल्पा, शिदेश्वरी मावि रुपन्देही र मुसिकोट बहुमुखी क्याम्पस खलंगाले बिजयी सुरुवात गरेका छ्न ।

यस्तै प्रतियोगिता अन्तरगत भोलि बुधबार बिहान ७ बजे न्यु होराईजन रुपन्देही र जनश्रम मावि खाद्रे भिड्नेछन् । भने दोश्रो खेल भिमसेन मावि र गोरखा मावि ब्लु बिच हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिए ।

प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर, सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array