विद्यार्थी सवार डुंगा राप्ती नदीमा पल्टियो

माण्डवी न्युज
माण्डवी न्युज २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – विद्यालय जान लागेका विद्यार्थी सवार डुंगा दाङको राप्ती नदीमा पल्टिएको छ । लमही नगरपालिका वडा नम्बर ९ तरुलियाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी सवार रहेको डुंगा अनियन्त्रीत भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिए ।

डुंगाका चालक विनाराम विकले आफ्नो छोरालाई डुंगा चलाउन दिएका रहेछन, डुंगालाई छोराले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो’ स्थानीय केसीले भने ।

नदीमा बगेका केहि विद्यार्थीलाई माछा मार्ने मछुवारेले पांच सय मिटर तलबाट उद्दार गरेका थिए । डुंगा पल्टिंदा मानविय क्षति भएको छैन । डुंगा पल्टिदा अधिकांश विद्यार्थीका जुत्ता चप्पल, किताब कापी झोला बगेको छ, पौडी खेल्न सक्ने जति आफै बाहिर आउन सफल भएका थिए भने अन्यलाई उद्दार गरिएको थियो। घटना बिहान ९ बजे पछि घटेको थियो। संचारले त्यस क्षेत्रमा राम्रोसंग काम नगर्दा थप विवरण उपलब्ध हुन् कठिनाई भएको छ । यो समाचार तयार पार्दा सम्म घटनास्थलमा प्रहरी पुगी सकेको छैन। फोटो सुदुर खबरबाट

प्रतिक्रिया दिनुहोस्

Array