काक्षा १२ को नतिजा भदौ १५ सम्म आउने

माण्डवी न्युज
माण्डवी न्युज ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – कक्षा १२ को नजिता भदौ १५ को आसपासमा आउने भएको छ । जेठको १६ गतेदेखि भएको परीक्षाको अन्तिम नतिजा निकाल्ने गरी काम भइरहेको भन्दै भदौ १५ सम्म नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा जानकारी दिए।

यसवर्षदेखि नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुन परीक्षा दिनुपर्ने नियम लागु भएको उनले बताए ।

परीक्षामा निश्चित प्रतिशत अङ्क आउँदा ए प्लस, ए, बी, सी, डी जस्ता ग्रेड वर्गीकरण गरेर नतिजा दिइने प्रणालीलाई लेटर ग्रेडिङ भनिन्छ। तर कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन–ग्रेडिङ हुन्छ।

नन–ग्रेडिङ पाएका विद्यार्थीले पुन बोर्ड परीक्षा दिनुपर्ने शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array