दाङको गढवामा राष्ट्रिय स्वतन्त्र पार्टी गठन : अध्यक्षमा अली

माण्डवी न्युज
माण्डवी न्युज १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी गढवाको भेला शनिवार गढवामा सम्पन्न भएको छ । जिल्ला सभापती ओपेन्द्र दाहालको अध्यक्षता र लुम्बिनी प्रदेस सदस्य देवराज पाठकको प्रमुख आतिथ्यमा भएको भेलाले मुबारक अलिको अध्यक्षतामा गढवा गाउँपालिका संगठन कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्ष कस्तुरा न्यौपाने, सचिव ताराप्रसाद आचार्य र सदस्यहरुमा भुवन आचार्य, खुसल पाण्डे, दिपा थापा, राजमान थारु कुमाल र आमन्त्रित सदस्यहरुमा बेदु प्रसाद अधिकरी,प्रभात न्यौपाने र राकेश भण्डारी रहेका छन् ।

प्रथम एतिहासिक भेलामा प्रमुख अथिति देवराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टिको बिचार तथा एजेन्डा बारे बताएका थिए । राप्ती गाउँपालिकाका पार्टी अध्यक्ष द्रोणबहादुर जिसीको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला सचिव किसन ओलीले गरेका थिए ।

सबै वडाहरुमा संगठन बिस्तार गरि ३ महिना भित्र पालिका अधिवेशन गर्ने र पुन: नेतृत्व चयन गरिने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array