झुक्काएर सासुको नामको जग्गा बुहारीले पास गर्दा,,,,,

माण्डवी न्युज
माण्डवी न्युज १९ भाद्र २०७९, आईतवार
3 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका वडा नम्बर ४ मा बुहारीले सासुलाई झुक्काएर जग्गा आफ्नो नाममा पास गरेको रहस्य बाहिरिएको छ । राजपुर गाउँपालिका वडा नम्बर ४ का कृष्णा कुमारी यादवको नाममा रहेको साविक दुलैया ५ (क) कित्ता नम्बर ५५८ को जग्गा बुहारीले पास गरेकी हुन् । चार कठ्ठा १३ धुर क्षेत्रफलको जग्गा सासूलाई उपचार गर्न जान सिफारिस बनाउने भन्दै वडा कार्यालयबाट सिफारिस बनाएर मालपोत कार्यालय लमहीमा पुगी जग्गा पास गरेको कष्णा कुमारीले गुनासो गरिन ।

कृष्णा कुमारी बिरामी भएका कारण धेरै बोल्न सक्दैनिन । सोझोपन र विरामी भएको मौका छोपेर बुहारी श्यामकुमारी यादवले जग्गा आफ्नो नाममा ल्याएको कृष्णा कुमारीका छोरा सुरेश यादवले बताए । जग्गाको एकल अंशियार हकदाता आफु भएपनि आफुलाई थाहा नदिइ जग्गा पास भएपछि आफु अचम्ममा परेको सुरेशको भनाई छ । सुरेशले भने, आमा विरामी हुनुहुन्छ, धेरै बोल्नपनि सक्नुुहुन्न तर, यही मौका छोपेर जग्गा रजिष्ट्रेसन पास गरेछन्, मलाई न्याय चाहियो जग्गा फिर्ता चाहियो ।

No description available.

आइतवार दाङको लमहीमा पत्रकार सम्मेलन गरी सुरेशको आमा कृष्णा कुमारीले आफुलाई मालपोतमा औठाछाप लगाउँदा उपचार निशुल्क गर्नको लागि यो काम गर्नुपरेको बताएको र आफुलाई केहिपनि थाहा नभएको बताउछिन । उनि भन्छिन, म बिरामी छु, बोल्न पनि राम्रोसंग सक्दैन उपचार गर्नु पर्यो, छुट हुन्छ भनेर कहाँ–कहाँ लगेपछि छोराले जग्गा पास गरेछन् भनेपछि मात्रै थाहा भो ।’

उता जग्गा आफ्नो नाममा गराउने बुहारी नाता पर्ने श्याम कुमारी यादवले आफुले जालसाजी नगरी खरिद गरेको बताईन । कृष्णा कुमारीले छोरो आवश्यक पर्दैन भनेपछी नवोलाएको र आफुले जग्गाको रकम रु चारलाखबाट त्रियासी हजार हरिन तिरिदिएको र बाँकी रकम सासुलाई थमाएको श्यामकुमारीको भनाई छ । घरपरिवारकै कुरा भएका कारण आवश्यक लिखत नबनाएको र आफुले रकम वुझाएको दावी उनको छ । तर पिडीत कृष्णा कुमारीले भने आफुलाई कत्तिपनि रकम नदिएको पत्रकार सम्मेलनमा भनिन । पिडीत कृष्णा कुमारीका आमा छोरा न्यायको लागि मालपोत कार्यालय र प्रहरी कार्यालयमा समेत पुगेका छन् ।

लमही मालपोत कार्यालयका प्रमुख मानवहादुर कुवंर जग्गा विक्री गर्नको लागि आवश्यक कागजात पूरा भएकाले रजिष्ट्रेसन पास भएको बताए । सहमति विना जग्गा पास भएको भए रोक्काको प्रकृया अघि बढाउन उनले आग्रह गरे । पालिकाबाट पत्र आए आफुहरुले जग्गा रोक्का गर्ने उनले बताए । यस विषयमा प्रहरीले पनि सकृयता देखाएको छ । पिडित पक्षले निवेदन लिएर प्रहरी कार्यालय गएपनि मुद्धा दर्ता नभएको पिडित पक्षको भनाइ छ । प्रहरीले भने यो मुद्धा देवानी अन्तर्गतको मुद्धा भएकाले दर्ता गर्न नमिलेकोले सरकारी कार्यालयको वकीलसंग परामर्श गरिहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले मातहतका प्रहरी कार्यालयमा यस विषयमा गम्भीरता बुझेर सरकारी वकीलसंग परामर्श गर्न र अन्याय भएको भए न्याय दिलाउन लाग्न निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array