श्रीलंकालाई फराकिलो अन्तरले हराउदै नेपाल सेमिफाइनलमा

माण्डवी न्युज
माण्डवी न्युज २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले हरायो ।

नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् । यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा हिरा कुमारी भुजेलको क्रसमा घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेटमै दायाँबाट आएको क्रसमा सरु लिम्बुको आकर्षक हेडिङ मार्फत गोल गरिन् । अनिता बस्नेतको कर्नरमा अमृता जैशीले १७ औं मिनेटमा हेडिङ गोल नै गरेर ३-० को अग्रता बनाइन् । ४० औं मिनेटमा अनिता केसीको प्रहारलाई भने लाइन्स म्यानले अफ साइड दिए ।

खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरेपछि नेपाल पहिलो हाफमा ४-० ले अघि भएको थियो । ७५ ‌औं मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोश्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन् र खेल नेपालले ६-० ले जित्यो ।

नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुंगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array