लमही महोत्सवमा आज बिहिबार लोकप्रिय गायिका शान्तिश्री आउदैं

माण्डवी न्युज
माण्डवी न्युज २६ माघ २०७९, बिहीबार
2 Min Read
Aa

दाङ – देउखुरीको लमहीमा सञ्चालित महोत्सवमा आज बिहिबार लोकप्रिय गायिका शान्तिश्री परियार आउनु हुने भएको छ । लोक दोहोरी गीत क्षेत्रकी सुमधुर स्वरकी धनि सर्वप्रिय गायिका परियार लमही महोत्सवमा आउने भएपछी उहाँका शुभ चिन्तकहरु खुशी भएका छन् ।

थुप्रै गीतहरुमा आवाज दिएकी परियारलाई ‘बोल माया’ बोलको गीतले झनै चर्चित बनाई दियो त्यसपछि उनका यात्राहरु निरन्तर अगाढी बढी रहे । उहाँले अवाज दिनु भएका धेरैजसो गीतहरु टिकटकमा निकै भाईरल बन्न पुगेका छन् ।

रोल्पा जिल्लाको ह्वामा नगरपालिकामा जन्मिनु भएकी शान्तिश्रीले स्वरबद्द गर्नु भएको ‘म झरेको पात, माझी दाई, वनमा खयर, नरोउ मायालु, सोल्टी बजार, नौतुना रेलैमा लगायत थुप्रै गीतहरु हिट छन् । त्यस्तै चर्चित हाँस्य कलाकार कमल गाउँले पनि आज बिहिबार लमही महोत्सवमा आउने कार्यक्रम रहेको छ ।

लोक गीतको क्षेत्रमा फरक पहिचान बनाएकी परियारको आज दाङ लमही स्थित संचालित महोत्सवमा प्रस्तुति रहने छ । उहाँ संगै कुशल कार्यक्रम संचालक दीपक खड्काको प्रस्तुति रहने भएको छ भने स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने मेला व्यास्थापक बिनोद बुढाथोकीले जानकारी दिनु भयो ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्मरी सामुदायिक वनको पिकनिक स्थल (विविधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौं देउखुरी कृषि पर्यटन तथा व्यापारीक महोत्सवक जारि छ । यो महोत्सव माघ २९ गते समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array