राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अन्तिम मत परिणाम सार्वजनिक

माण्डवी न्युज
माण्डवी न्युज १४ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला विसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित हुनु भएको छ।

उपाध्यक्षको प्रतिस्पर्धामा शंकर विसी र चोलेन्द्र पौडेल पराजित हुनु भएको छ । सचिव खुल्लातर्फ देवी घर्ती, युवराज मगर र महेन्द्र गौतम निर्वाचित हुनु भयो । यो प्रतिस्पर्धामा विमल अधिकारी र कृष्णआँशु विश्वकर्मा पराजित हुनु भयो भने सहकोषाध्यक्षमा सम्झना लामिछाने र ईश्वरीप्रसाद भुसाल निर्वाचित हुनु भएको छ ।

महिला सदस्यतर्फ सम्झना भण्डारी, कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सना, जालुमाया गुरुङ र सुशिला गौतम निर्वाचित हुनु भयो । खुल्ला सदस्यतर्फ शान्तीश्री परियार, रविन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइवा, कुमार पुन मगर, रीना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुशल बेल्वासे र रेशम निर्दोष निर्वाचित हुनु भएको छ ।

कमेडी च्याम्पियनका प्रतियोगी खड्गबहादुर पुन (खबपु) सदस्यको प्रतिस्पर्धामा पराजित हुनु भएको छ।
महाधिवेशनबाट रीता थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भइन् भने पशुपति शर्मा वरिष्ठ उपाध्यक्ष, रामजी खाँण प्रथम उपाध्यक्ष, राधिका हमाल महिला उपाध्यक्षको रुपम निर्वाचित हुनु भएको छ । धादिङबेसीमा तीन दिनदेखि चलेको महाधिवेशन आइतबार सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array